पर्वतको फलेवासका सूर्यबहादुर सुनारको हत्या गरेको अभियोगमा कुवर जन्मकैद

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शुक्रबार, अशोज १९, २०७५

पर्वतको फलेवास नगरपालिकाका सूर्यबहादुर सुनारको हत्या गरेको अभियोगमा अभियुक्त विनोदविक्रम कुावरलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश सूर्यबहादुर थापाको बुधबारको इजलासले आरोपित कुावरलाई अभियुक्त ठहर गरी जन्मकैदको फैसला सुनाएको हो ।
फलेवास नगरपालिका–२ थापाठानाका ३४ वर्षीय कुावरले फलेवास नगरपालिका–३ शङ्करपोखरीका ३३ वर्षीय सूर्यबहादुर सुनारको हत्या गरेका थिए ।

गत जेठ २५ गते कुावरले मदिराको झोकमा सुन व्यवसाय गरेर पसलमा बसिरहेका सुनारलाई कुटपिट गरी घाइते बनाएका थिए ।
सुनारसागै उनकी श्रीमती सरस्वती सुनारसमेत कुावरको कुटाइबाट घाइते भएपछि दुवैलाई गण्डकी क्षेत्रीय अस्पताल पोखरामा लगिएको थियो । उपचारकै क्रममा सूर्यबहादुरको मृत्यु भएको थियो भने सरस्वतीको अवस्था सामान्य छ ।