बलात्कार घटनामा स्ववियु सभापतिलाई दश वर्ष जेल कैद

-- धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति : शुक्रबार, अशोज १९, २०७५

बालिका बलात्कारको आरोपमा कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।क्षेत्रीसहित अन्य युवालाई विसं २०७४ सालको चैत १५ गते बागलुङको चैते दशौ मेला अवलोकन गरेर फर्किादै गरेकी १६ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको अभियोग लागेको थियो ।

कुश्मा नगरपालिका–१ पाङ सहस्रधारा घर भई नेपाल विद्यार्थी सङ्घबाट स्ववियु सभापति बनेका २३ वर्षीय क्षेत्रीलाई न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले बुधबार फैसला सुनाएको हो ।

क्षेत्रीलाई मुलुकी ऐनअन्तर्गत कसुर ठहर गरी पााच वर्ष र साङ्गठनिक अपराधमा संलग्न रहेको ठहर गरी पााच वर्ष गरी १० वर्ष कैद सजाय सुनाइएको छ । क्षेत्रीसहित पक्राउ परेका दुई बालकहरूको उमेर नपुगेका कारण एक जनालाई पााच वर्ष कैद र एक जनालाई डेढ वर्ष सुधारगृहमा राख्ने गरी फैसला भएको छ ।

अदालतले घटना भएको होटलका सञ्चालक शेरबहादुर हमाललाई भने सफाइ दिएको छ । अभियुक्तलाई बागलुङको चैतेदशौ मेला अवलोकन गरेर फर्किादै गरेकी युवतीलाई सामूहिक बलात्कार गरेको अभियोग लागेको थियो ।