गितकार तेजेन्द्र भन्डारीको छुरा प्रहारले // तताउदैछ बजार हेर्नुस भिडियो सहित………

-- जिवन थापा मगर / प्रकाशित मिति : मङ्लबार, अशोज १६, २०७५
बाग्लुङ्गको गलकोटमा जन्मेर जापानलाई कर्मथलो बनाएका नवगीतकार तेजेन्द्र भन्डारीको पहिलो गजल गित प्रहारको म्यूजिक भिडियो युवटुव मार्फत सार्वजनिक भएको छ ।
आफु संग एकदमै मिल्ने साथीलाई हरेक मानिसले धेरै भन्दा धेरै विश्वास अनि भरोसा गर्छन् तर कतिपय साथीहरु यस्ता पनि हुन्छन् कि आफ्नै साथीहरुलाई अगाडिबाट चिल्ला कुरा र राम्रो भएको देखाउन खोज्छन् र पछाडिबाट छु्रा हान्ने काम गर्ने गर्छन सोही विषयमा गीतले आफुनो भाव म्युजिक भिडियोमा देखाउन खोजिएको छ ।

नजिकैको मान्छेबाट छुरा प्रहार हुन्छ अचेल
थोरै मिठा,धेरै तिता कुरा प्रहार हुन्छ अचेल
शब्दले भनेकोनै छ नजिकैको मान्छेबाट छुरा प्रहार हुन्छ अचेल नभन्दै आफु भन्दा धेरै विश्वास गरेको मान्छेलेनै बिश्वासघात गरेको कथा समेटिएको छ । आफु भन्दा धेरै बिश्वास गर्ने मान्छेले आफ्नै साथिको श्रिमतिलाई कुदृष्टिले हेर्न थाल्छन् साथि भनौदाले आफ्नै साथिलाई केहि पदार्थ मिसाई खान दिन्छन् अनि उनको साथिको उपचारको मौका छोपेर उनको श्रिमतिप्रति हातपात गर्छन । श्रिमानलाईनै बचाउने क्रममा उनकि श्रिमतिले पनि आफ्नो चरित्रमा दाग लगाउछिन् । उता आफ्नो श्रिमतिको चरित्र घुमेको थाहा पाएपछि उनको श्रिमानले बिष पिएर आफ्नो प्राण त्याग गर्छन ।
यस्तै यस्तै कथामा समाबेश गरिएको यो भिडियो धेरैको मन रुवाउने बनेको छ । बिन्ध्याबासिनि म्यजिकको प्रस्तुतिकमा रहेको यो गितमा स्वर दिएका छन् राज सिग्देलले भने म्युजिक र निर्देशन श्रि कृष्णबम मल्लले गरेका छन् । गितकार तेजेन्द्र भन्डारीले गरेका छन् भने एरेन्ज शाहस शाक्यले गरेका छन् । मोडलको रुपमा श्रि कृष्ण,पर्मिला र तेजेन्द्र आफु स्वयम खेलेका छन ।