रितु थापा मगरले प्रदेशिएको प्यारा लाई दशैमा घर फर्किन अनुरोध गरिन हेर्नुस् भिडियो सहित

-- jiwan thapa magar / प्रकाशित मिति : आइतवार, अशोज १४, २०७५
बाग्लुङ को रेशमा जन्मेर रेशमै हुर्की गितसङ्गितमा नाम कमाउन एक सफल गायिका अथवा मोडेल हुन रितु थापा मगर । उनि सानै बाट गित सङ्गितमा धेरै रुचि देखाउथिन भने अभिनयमा पनि उतिनै रुचि राख्थिन । उनी प्राय जसो सबै विभिन्न कार्यक्रम मा पनि भाग लिने गर्थिन स्वोरुप सफल पनि हुने गर्थिन । उनले बजारमा ल्याएको गितहरु बजारमा दर्शक स्रोताले उतिनै रुचाएका छन । दर्शक स्रोताको मन मुटुमा अहिले रितु थापा मगरले बाँस गरिसकेकी छन् । त्यस्तै दर्शक स्रोताको मन जित्न सफल गायिका अथवा मोडल रितु थापा मगरले शुन्य भयो सारा गाउघर बोलको दशै गित पनि सार्बजनिक गरिसकेकी छिन् । शुन्य भयो सारा गाउघर बोलको गितमा रितु लाई स्वरमा साथ दिएका छन् ऋषि खड्काले । जुन गितमा रितु आफैले प्रदेशी पतिलाई पर्खिएर बसेकी छन् भने पति को भुमिकामा महेन्द्र गौतम रहेका छन् ।

गाउँ घरमा गरिखान नपुगे पछि आफ्नी प्यारी भनु अथवा आफ्नी पत्निलाइ सम्झाइ बुझाइ गरि कामको शिलसिलामा पर्देशिएका पति चाडबाड मान्न पनि गाउँ आउन पाउदैनन । उनको पर्खाइमा रहेकि उनको पत्नी उसकै मुलबाटो हेरिरहेकी हुन्छिन उनको प्यारा घर नफर्किए पछि उनले कुर्दा कुर्दै जान्छ कि यो चोला फर्कि आउ प्यारा भन्दै फोन मा आफ्नो पतिसङ्ग धर्किएर रुन्छिन । पति एक पैसा पनि कमाइ भाछैन आउन पाउदिन भनेपछी उनी आफ्नो पतिको कामना गर्दै सधै साझा बिहान दियो बाल्दै आफ्नो पतिको पर्खाइ गरिरहन्छिन । उनी कुर्दा कुर्दै पर्खाइमै जीवन यत्तिकै बित्छ कि उनको मन मा खेलिरहन्छ । उनी भन्छिन
प्रदेशमै हरायौ पियारा हरायौ पियारा
तिमिबिना के दशै तिहार
शून्य भयो सारा गाउघर
ए प्यारा ए प्यार कुर्दा कुर्दै जान्छ कि यो चोला फर्की आउ प्यारा भन्दै हुनि झनै झर्की झर्की रुन थल्छिन । प्रदेशिएका  उनका पति पनि दिन रात नभनी दुख भोगिरहेका हुन्छन ।  अन्तमा प्रदेशी पति फर्किदैनन उनकी पत्नी पर्खाइमै रहन्छिन ।
यस्तै यस्तै प्रदेशि माया को पर्खाइ अनि प्रदेशिको दुख लाई समेटी बनाएको यो गितले छोटो समयमा धेरै दर्शक स्रोताको मन जित्न सफल बनेको छ ।  सप्तऋषी म्युजिक प्रा.लि को प्रस्तुतिमा रहेको यो गित रितुले आफ्नै इउटुब च्यानलबाट सार्बजनिक गरेकी छन् । ए प्यारा ए प्यारा बोलको गित केही छिटो बजारमा आएपनी दर्शक स्रोताको बिचमा निकै लोकप्रिय बन्दै गएको छ । जुन गितको लय शब्द ऋषि खड्काले गरेका छन, काजिश श्रेष्ठले निर्देशन गरेका छ्न, दिपक बिष्टले इडिटिङ्ग गरेका छन भने केमरामा रहेका छन अजय रेग्मी । प्रदेशी मायालाइ कुरेर बसेकी गायिका अथवा मोडल रितु थापा मगरको यो गित मर्मस्पर्शी बनेको छ । जो कोहिलाइ पनि गित गाएर रुवाउने रितु यो गितमा आफै धर्की रुन पुगेकी छिन् । फुलभिडियो हेर्नको लागि ……..