बर्खाको समय भन्दै गाडी भाडा उच्च

-- बलबहादुर रोका, बागलुङ / प्रकाशित मिति : मङ्लबार, अशोज २, २०७५

बागलुङको विभिन्न ग्रामिण सडकमा संचालित गाडी चालकहरुले मनपरी भाडा असुल्ने गरेका छन् ।
बाटो अप्ठारो र असहज भएको कारण देखाउँदै सवारी धनी तथा चालकहरुले यात्रुलाई बाध्य पारेर मनपरी भाडा असुल्ने गरेका हुन ।
बागलुङ सदरमुकामदेखि करिब २२ किलोमिटरमा रहेको रिजालचोकसम्म पिकअप जीपले २५० सय भाडा लिने गरेका छन् । भने रिजालचोकदेखि ११ किलो मिटर अमरभूमि माझखर्कसम्म संचालन हुन जीपलेले पनि २५० रुपैयाँ भाडा लिने गरको यात्रुहरुले गुनासो गरेका छन् ।
यसरी हेर्दा २२ किलो मिटर कच्ची र ११ किलो मिटर कच्ची सडकमा संचालन हुने जीपको भाडा समान देखिएको छ । सवारी चालक तथा धनीहरुले मनपरी भाडा लिने गरे पनि बाध्यताबस यात्र गर्नुपरेको स्थानीयले बताएका छन् ।
विगतमा बागलुङ बजारदेखी माझखर्कसम्मको भाडा ४ सय रुपैयाँ तोकिएको थियो । वर्षा सुरुभए पछि बागलुङ बजारदेखि सोही स्थानसम्मको भाडा ५ सय रुपैयाँ लिने गरिएको छ । बाटोको अवस्था अन्त्यान्त नाजुक हुँदा जोखिम उठाएर गाडी चालनु पर्ने बाध्यता छ चालक तिलक घर्तीले भन्नुभयो–‘ स्थानीयले भाडा बढाएर भए पनि सवारी चालन आग्रह गरे पछि भाडा दावी गर्नुभयो ।’
बाटोको अवस्था सुधार भए पनि पुनः पुरानै भाडा कायम रहने चालक घर्तीको भनाई छ । यता भाडा समायोजनको विषयमा गाउँपालिकामा छलफल गर्ने वडाध्यक्ष यामबहादुर श्रीसले बताउनुभएको छ । भाडा बढी भएको गुनासो आएको अध्यक्ष श्रीसले भन्नुभयो–बाटोको अवस्था सुधार र भाडा समायोजनको विषयमा गाउँपालिमा प्रस्ताव पेश गरेका छौँ ।’