धौलागिरी क्याम्पस बागलुङमा बिबिए कार्यक्रम स्वीकृत

-- / प्रकाशित मिति : बिहिबार, भदौ २१, २०७५

धवलागिरि बहुमुखी क्याम्पस बी.बी.ए. कार्यक्रम स्वीकृत भएको छ ।
त्रि.वि.केन्द्रिय कार्यालय व्यवस्थापन विभागका डिन लगायतको टोली र यहाँका सरोकारवाला निकायहरुको प्रतिवद्धता पछि विहिवार विधिवत रुपमा कार्यक्रम स्वीकृत भएको धौलागिरी क्याम्पसले जनाएको छ ।
कार्यक्रम स्वीकृत भए सँगै अब बिबिए पढ्न चाहनुहरुले बागलुङमै पढ्न पाउने अवसर पाएका छन् । बिबिए भर्नाका लागि शुक्रबार सम्ममा भर्ना हुने मिति रहेकाले तत्काल भर्ना हुन बिद्यार्थीलाई आग्रह गरिएको धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.रामप्रसाद उपाध्यायले बताउनुभयो ।
‘भर्ना अन्तिम हुने अवस्था भए पनि बिबिए कार्यक्रम स्वीकृत भएको छ, यो हाम्रो ठुलो उपलब्धि हो, क्याम्पस प्रमुख उपाध्यायले भन्नुभयो, बिहिबार सम्म पोखरा गएर भर्ना हुने समय छ, छुटेकाहरु भाद्र २५ गते सम्म दोहोरो दस्तुर तिरेर भर्ना हुन सक्नेछन् ।’ बिबिए कक्षाको भाद्र ३० गते प्रवेश परिक्षा हुनेछ ।
धौलागिरी बहुमुखी क्याम्पस बागलुङका स्वबियू अध्यक्ष मनिस थापाले बिबिए कार्यक्रम स्वीकृत धौलागिरीबासिका लागि एउटा उच्चतम उपलब्धि र अवसर भएको बताउनुभयो । ‘बी.बी.एस. र एम.वि.एस.कार्यक्रममा धौलागिरी क्याम्पस उत्कृष्ट १० भित्र पर्न सफल छ, यस्तै केहि दिन अघि प्रकाशन भएको वि.वि.एस.चौथो बर्षको नतिजामा हालसम्मकै उत्कृष्ट नतिजा ८२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको इतिहास पनि हामी सँग छ, अध्यक्ष थापाले भन्नुभयो, बिबिए कार्यक्रमलाई पनि उत्कृष्ट मात्र होइन, सर्वोत्कृष्ट वनाउनका लागी सवै पक्षको भुमिका र साथ रहने हाम्रो विश्वास छ ।’