गायक पोखरेलको ‘साउदीको जेलमा’ भिडियो रिलिज (भिडियो सहित)

-- धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति : बिहिबार, भदौ ७, २०७५

तीज गीतहरूले बजार तातिरहेको बेला गायक कमल पोखरेलले भने बजारमा मार्मिक लोकदोहोरी गीत ‘साउदीको जेल’ बोलको गीतको भिडियो बजारमा ल्याएका छन्र ।
उक्त म्यूजिक भिडियोमा कमल पोखरेलको शव्द तथा संगीत, गायिका शान्ति श्री परियार र गायक कमल पोखरेलको
स्वर, नवकलाकार सरोज पोखरेलको साथमा आशा खड्का र अन्य कलाकारहरूको अभिनय रहेको छ ।
धिताल फिल्मस प्रा.लि. ले निर्माणको गरिएको भिडियोमा साउदीमा नेपालीहरुले भोग्नु परेका कष्टकर जिवन र त्यहाँको जेलमा बिताउँदाको क्षण र भोगाई देखाउन खोजिएको छ ।
बासु बरालको छायांकन, राजु क्षेत्री र डि.बी कार्की व्यञ्जनकोे निर्देशन र रोशन धितालले सम्पादन गरेका छन् ।