तरकारी व्यवसायबाट धनि भन्दै मुलपानिकी जुना

-- देवी चर्मकार, बागलुङ / प्रकाशित मिति : बिहिबार, भदौ ७, २०७५

बागलुङ नगरपालिका–४ की जुना किसानले तरकारी खेतीबाट जीवन निर्वाह गर्दै आउनुभएको छ ।
विगत ४ बर्षदेखि व्यवसायि कृषि पेशामा संलग्न किसानले तरकारी उत्पादन, विक्री वितरणबाट गुजारा चलाउँदै आउनुभएको हो ।
वार्षिक २० हजार रुपैयाँ भाडा तिर्ने गरी तीन रोपनी जग्गा भाडामा लिए सुरु गरेको तरकारी खेतीबाट सबै खर्च कटाएर वार्षिक १ लाख १० हजार बढी आम्दानी हुने गरेको किसानले बताउनुभयो ।
दैनिक वेरोजगार वढिरहेको बेला आफ्नै ठॉउमा किसानले तरकारी व्यवसाय गरि पैसा मात्र कमाउनु भएको छैन महिला पनि आत्मनिर्भर बन्नुपर्छ भन्ने उदाहरण पेस गर्नुभएको छ । किसानले अहिले टनेलमा गोलभेडा, वोडि, घिरौला र सागसब्जी लगाउनुभएको छ ।
तरकारीको बजार भाउ राम्रो भएकाले बारीबाटै मासिक १० हजार आम्दानी हुने गरेको उहाको भनाई छ । घरको काम सकेर तरकारी खेतीमा समय दिने गरेकी छु उहाँले भन्नुभयो–टिभी हेरेर विताउने समयलाई सदुपयोग गर्ने हो भने पनि आम्दानी गर्न सकिने रहेछ ।’