जीपको ठक्करबाट एक महिला घाईते

-- बागलुङ / प्रकाशित मिति : बिहिबार, भदौ ७, २०७५

नेपाली सेनाको जीपले ठक्कर दिँदा बागलुङ बजारमा एक महिला घाईते हुनुभएको छ । बा २ झ ३२७८ नम्बरको जीपले ठक्कर दिँदा बेनी नगरपालिका–२ म्याग्दीकी मुना खडका घाईते हुनुभएको हो ।
बागलुङ नगरपालिका–३ शिवधाराचोक नेपाल बैक अगाडी पैदल यात्रा गरीरहेकी खडकालाई जीपले ठक्कर दिएको थियो । बेनीदेखि बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरा माईत हिडेकी खडकालाई जीपले ठक्कर दिँदा गम्भिर घाईते हुनुभएको छ ।
घाईते खडकालाई थप उपचारको लागि नेपाली सेनाले पोखरा लगेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । खडकाको खुट्टा र पेटमा चोट लागेको छ । दुई महिनाको सुत्केरी खडकालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो ।