बडिगाड २, सक्न्यारमा जिप दुर्घटना ५ जना घाइते, ४ जना बागलुङ रिफर८

-- बागलुङ / प्रकाशित मिति : बुधबार, भदौ ६, २०७५

मध्यपहाडि लोकमार्ग अन्तर्गत वडिगाड गाउँपालिका वडा नं. २ सक्न्यारको फेंदीमा ग १ ज ९२३ नं. को जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

घाइते हरु मध्ये गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नं. २ का वर्ष ५० का गंगा वहादुर थापा, रुकुम जिल्ला उत्तरगंगा गाउँपाकिला ९ का वर्ष ३० को विवेचन वुढा मगर, बागलुङ जिल्ला ढोरपाटन नगरपालिका १ कि वर्ष ३२ कि व्रहमकुमारी प्रतिमा, गाडि चालक धादिड जिल्ला गंगाजमुना गाउँपालिका ४ का वर्ष २० का अर्जुन तामाङ लाई वडिगाड पोलिक्लिनीकमा
प्राथमिक उपचार पछि अञ्चल अस्पताल बागलुङ पठाइएको प्रहरी नायव निरिक्षक लाल वहादुर चौधरीले जानकारी दिनुभएको छ।

घटनामा सामान्य घाइते भएका वडिगाड गाउँपालीका ८ को गौरव श्रीस को अवस्था सामान्य रहेको प्रनानी चौधरीले जानकारी दिनुभएको छ। बागलुङ बाट वुर्तिवाङ तर्फ जाँदै गरेको सो जिप सडक वाट झण्डै १५० मिटर तल खसेको प्रहरीचौकी खर्वाङले जनाएको छ।