बाढी पहिरालेले मुहान तथा पाईप बगाउँदा लाखौँको क्षति

-- बागलुङ / प्रकाशित मिति : मङ्लबार, भदौ ५, २०७५

बाढी पहिरोले खानेपानीको मुहान तथा पाईप बगाउँदा बागलुङमा लाखौँको क्षति पुगको छ ।
जिल्लाको ४ नगरपालिका र ६ गाउँपालिकामा संचालित खानेपानीको मुहान, ट्याङकी तथा पाईप बगाउँदा करिव १० लाख बराबरको क्षति पुगेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका सूचना अधिकृत जनकराज गौडेलले जानकारी दिनुभयो ।
पहिरोले काठेखोला गाउँपालिका–७ रेशको रेश खानेपानी आयोजना, गल्कोट नगरपालिका नरेठाँटीको जसपुर घामपानी पसाहरा खानेपानी आयोजना, दुदीलाभाटीको चौराहखानेपानी आयोजना र बरेङ्गगाउँपालिका धुल्लुबाँसकोट खानेपानी आयोजनामा ठूलो क्षति पु¥याएको छ ।
पहिरोले रेशमा एक लाख, धुल्लुबाँस्कोटमा दुई लाख, नरेठाँटीमा एक र दुदीलाभाटीमा एक लाख बराबरको क्षति भएको गौडेलको भनाई छ । जिल्लाका विभिन्न स्थानमा संचालित साना क्षति तत्काल मर्मत गरी खानेपानी आपूर्ति सहज बनाइएको छ ।
ठूलो क्षति भएको स्थानमा पहिरोले मुख्य मुल, ट्याङ्गकी र पाईप बगाएको छ । आयोजना प्रभावित हुँदा ४ स्थानका ६ सय घरधुरी अस्थायी पानीको मुहान निर्माण गरी खानेपानी आपूर्ति गरेको सूचना अधिकारी गौडेलले बताउनुभयो ।