बडिगार्डमा जीप दुर्घटना हुँदा चार पाँच घाईत

-- कमल पौडेल,बागलुङ / प्रकाशित मिति : मङ्लबार, भदौ ५, २०७५

मध्यपहाडि लोकमार्ग अन्तर्गत बागलुङको वडिगाड गाउँपालिका– २ सक्न्यारमा जीप दुर्घटना हुँदा पाँच जना घाईते भएको छ ।
सक्न्यार फेंदीमा ग १ ज ९२३ नं. को जिप दुर्घटना गुल्मीको मालिका गाउँपालिका– २ का ५० वर्षिय गंगा वहादुर थापा, रुकुमको उत्तरगंगा गाउँपाकिला– ९ का ३० वर्षिय विवेचन वुढा मगर, बागलुङको ढोरपाटन नगरपालिका– १ कि वर्ष ३२ कि व्रहमकुमारी प्रतिमा, चालक धादिडको गंगाजमुना गाउँपालिका– ४ का २० वर्षिय अर्जुन तामाङ र वडिगाड गाउँपालीका ८ का गौरव श्रीस घाईते हुनुभएको छ ।
गम्भिर घाईते चार जनाको धौलागिरी अंचल अस्पताल बागलुङमा उपचार भैरहेको प्रहरी नायव निरिक्षक लाल वहादुर चौधरीले जानकारी दिनुभयो । घटनामा सामान्य घाइते भएका वडिगाड गाउँपालीका ८ को गौरव श्रीसको अवस्था सामान्य छ ।
बागलुङबाट वुर्तिवाङ तर्फ जाँदै गरेको जिप सडक वाट झण्डै १५० मिटर तल खसेको प्रहरीचौकी खर्वाङले जनाएको छ ।