ढोरपाटन नगरपालिकाले बाड्यो १ सय ६४ शिक्षक दरबन्दी

-- बागलुङ / प्रकाशित मिति : आइतवार, भदौ ३, २०७५

बागलुङको ढोरपाटन नगरपालिकाले चालु बर्षको बजेट मार्फत नगरभित्रका दरबन्दी नभएका विद्यालयमा शिक्षक राख्ने निर्णय गरेको छ ।
नगरपालिकाको आन्तरिक बजेटबाट विभिन्न विद्यालयमा १ सय ६४ दरबन्दी थप गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले जानकारी दिनुभयो । चालु आर्थिक बर्षको लागि १ करोड बजेट बिनियोजन गरेर शिक्षक दरबन्दी मिलाउने तयारी भएको पोख्रेलको भनाई छ ।
धेरै विद्यालयमा शिक्षक दरबन्दी नभएर पढाई प्रभावित थियो । कतिपय विद्यालयमा शुन्य दरबन्दी भएको कारण बालबालिकाले पढ्ने अवसर समेत गुमाएका छन् ।
नगरपालिकाले निश्चित मापदण्ड बनाए पछि शिक्षक नियुक्तीका लागि भने सम्बन्धीत विद्यालय व्यवस्थापन समितिलाई नै जिम्मा दिइएको छ । कक्षा १ देखि ३ सम्म चलेका विद्यालयलाई दुई जना, १ देखि ५ सम्म संचालित विद्यालयलाई ३ जना शिक्षक दिने पोखरेलले जानकारी दिनुभयो ।