अंचल अस्पताल सुधार गर्न नगरपालिकाद्धारा वार्ता सुरु

-- बागलुङ / प्रकाशित मिति : आइतवार, भदौ ३, २०७५

धौलागिरी अंचल अस्पताल बागलुङको स्वास्थ्य सेवा सुधारको लागि बागलुङ नगरपालिकाले पहल सुरु गरेको छ ।
अस्पतालको वास्तविक समस्या पहिचान र समाधानका उपायका बारेमा छलफल गर्न मेयर जनकराज पौडेलले आइतबार अस्पताल विकास समितिका पूर्वअध्यक्षहरुसँग छलफल गर्नुभएको छ ।
बागलुङ
छलफलमा अस्पतालको आन्तरिक व्यवस्थापन, डाक्टर टिक्न नसक्नुको कारण, सेवा प्रदानमा भएको ढिलासुस्ती, कर्मचारीबीचको आपसी सहयोग र संवाद लगायतका आन्तरिक तथा बाह्य विषयमा छलफल भएको थियो ।
बैठकले अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवामा जनगुनासो बढ्दै गएको निष्कर्ष सहित अस्पतालको सेवा प्रवाह व्यवस्थापनको सुधारका लागि समस्या पहिचान गर्न सरकारालाहरुको सहयोग लिई अस्पताल व्यवस्थाप सहयोग, पु¥याउन आवश्यक पहल कदमी अगाडी बढाउने निर्णय गरेको नगरप्रमुख पौडेलले जानकारी दिनुभयो ।
बैठकमा मेयर जनकराज पौडेल, अस्पताल विकास समितिकापूर्व अध्यक्ष तथा समाजसेवी देवबहादुर श्रेष्ठ, टिकाराम सापकोटा, कृष्णबहादुर श्रेष्ठ, सहदेव राजभण्डारी, टिकाराम सापकोटा, रामजीप्रसाद सुवेदी, पत्रकार महासंघका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, नगरपालिकाका अधिकृत युक्तप्रसाद सुवेदी, ऋषिराम गोतमे लगायतको उपस्थिती रहेको थियो ।