बिद्यार्थीलाई अप्राकृतिक मैथुन गराउने शिक्षक पुर्पक्षका लागि थुनामा

-- पर्वत / प्रकाशित मिति : शुक्रबार, भदौ १, २०७५

आफ्नै विद्यालयमा अध्ययरत बालबालिकालाई अप्राकृति मैथुन गराएको आरोपमा पर्वतका एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन ।
पर्वतको फलेबास नगरपालिका–र ६ स्थित माझीगाउ प्राथमिक बिद्यालयका प्राधानाध्यापक खिलप्रसाद पौडेल पर्वतको जिल्ला अदालतको आदेशमा बिहीबार पुर्पक्षका लागि जेल चलान हुनुभएको हो ।
पर्वत जिल्ला अदालतका निमिक्त न्यायधीश दयराम पोख्रेलको इजलासको आदेशले थुनामा राख्ने आदेश दिएको हो । प्रअ पौडेलले बिद्यार्थीलाई मुख मैथुन गराउँदै आएको अभियोग लागेको छ । ५१ बर्षिय प्रधानाध्यापक पौडेललाई फलेवास नगरपालिका – ६ मा रहेको माझीगाउ प्राविमा अध्ययनरत ७ देखि १२ बर्ष उमेरका ३ जना बालिका र अर्को एक बिद्यालयमा अध्ययनरत सोही उमेर समुहकी वालिकालाई पटक पटक फकाएर अप्राकृतिक मैथुन गराएको अभियोगमा साउन ६ गते पक्राउ पर्नुभएको थियो ।
प्रअ पौडेलले करिब एक बर्ष अघिदेखि आफ्नो यौनाङ्ग खेलाउन लगाउने र आफुँले पनि बालबालिकाको यौनाङ्ग खेलाइदिने गरेको पिडीत बालबालिकाले अभिभाबकसंग बताएका थिए ।