दुरदराजका नेपाली महिला समस्याको तितो यथार्थ ः सांसद जिसी

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बुधबार, साउन ३०, २०७५

सांसद मनाकुमारी जिसीले सुरक्षित मातृत्वको सन्दर्भमा अन्तराष्ट्रिय अवार्डहरु प्राप्त भए पनि दुरदराजका महिलाले धेरै समस्या भोग्नुपरेको बताउनुभएको छ ।
संघिय संसदमा बुधबार सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य विधेयक माथिको छलफल कार्यक्रममा वोल्दै सांसद जिसीले कानुनलाई प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकारलाई अनुगमन तथा मुल्याङ्ककनको लागि निर्देशनमुखी बाटोवाट अघि वढ्नुपर्ने बताउनुभयो ।
अधिकाशं पहाडी जिल्लाहरुमा सुरक्षित मातृत्वको वारेमा विकराल समस्या रहेको बताउँदै शिशुको जन्मदर्ता कारण नखुलाई आमाले भनेको आधारमा जन्मदर्ता प्रक्रिया अधि वढाउनु पर्ने धारणा व्यक्त गर्नुभयो् ।
सांसद जिसीले संविधानमा सुत्केरी विदाको, पोषणको ग्यारेन्टी भएता पनि आमालाई दुध खुवाउने समयको व्यवस्था भइदिए अझै उत्तम हुने बताउनुभयो ।