अमेरिकामा रहेका गायक श्रीसले ल्याए नयाँ लोक पप गित बजारमा
अमेरिकामा रहेका प्रतिभाशाली गायक सर्जक दिलिपकुमार श्रीसले पुतली सार्वजनिक गरेका छन् ।
श्रीसको एकल शव्द, संगित र स्वरमा सजिएको लोक पप गितहरुको सँगालो ‘पुतली’को म्युजिक भिडियो सोमवार युट्युव मार्फत सार्वजनिक गरिएको हो । बागलुङको काठेखोला गाउँपालिका ३ धम्जा ओखेलमा जन्मिएका गायक श्रीस हाल अध्ययन तथा रोजगारको शिलशिलामा अमेरिकाको न्युयोर्कमा रहेका छन् ।
बिदेशमा गए पनि गित संगित प्रतिको लगावलाई निरन्तरता दिइरहेका श्रीसले पछिल्लो लोकपप गितलाई पनि श्रोता दर्शकले मन पराउने बिश्वास व्यक्त गरे । ‘अहिलेको गित पनि केही रोमान्टिक मोडको छ,’ उनले भने, ‘श्रोता दर्शकले सुन्दा र भिडियो हेर्दा एक खालको आनन्दित महुशुस गर्ने मैले अपेक्षा गरेको छु ।’
चर्चित निर्देशक बिक्की पुलामीको निर्देशन रहेको म्युजिक भिडियोमा गायक श्रीस सँगै चर्चित मोडेल पार्वति राई, सुरेश पुन र सुनिल मगरको पनि अभिनय र नाँच देख्न सकिन्छ । चर्चित मोडेल तथा निर्देशक शंकर बिसीको कोरियोग्राफी रहेको म्युजिक भिडियोको शम्भु मोक्तानले छांयाकन तथा प्रविण श्रेष्ठले सम्पादन गरेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) आगमी...
शनिबार, फाल्गुन ४, २०७५

सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा...
शुक्रबार, फाल्गुन ३, २०७५

विद्यालय तहको शिक्षक हुनका लागि अब अनिवार्य रूपमा विषयगत शिक्षण अनुमति...
सोमवार, माघ २८, २०७५
प्रमुख समाचार

म्याग्दीको बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका ३ चमेरे...

म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि आधारभुत पत्रकारिता तालिम...
ताजा अपडेट

धार्मिक पर्यटन विकासको लागि बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँमा रामकोटमा...

सामाजिक सञ्जाल असामाजिक बन्दै गएको भन्दै यसलाई नियमन गर्न...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागलुङले २०४७ साल यताका उच्च...