मदिरा सेवा जुवातास खेल्नेहरुलाई ५ हजार जरिवाना गर्ने

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : आइतवार, साउन २७, २०७५

बागलुङको तमानखोला गाउँपालिकाले मदिरा सेवन, विक्रीवितरण तथा जुवातास नियन्त्रण अभियान सुरु गरेको छ ।
मदिराको जथाभावि सेवनले जगन्य अपराध तथा जुवातासले सामाजिक विकृति निम्त्याए पछि मदिरा सेवन गरी होहल्ला गर्ने र जुवातास खेल्नेहरुलाई ५ हजार जरिवाना असुल गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाले १८ बर्ष मुनिका बालबालिकालाई मदिरा, तथा सुर्ती जन्य पदार्थ बेचविखन गर्न नपाउने, साँझ ६ देखि रातको ९ बजेसम्म मात्र मदिरा बेचविखन गर्न पाउने निर्णय गरेको छ ।
तोकिएको समयाबधि भन्दा बाहेक अन्य समयमा मदिरा बेच्ने तथा सेवन गरेर होहल्ला गर्ने गरेको पाईएमा गााउँपालिकाले तय गरेको नीति बमोजिम कार्वाही प्रकृया अगाडि बडाउने निर्णय पारित भएका गाँउपालिका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो ।
गाउँपालिकाको निर्णय कार्याान्वयन नगर्ने जनप्रतिनीधि, शिक्षक, कर्मचारी, प्रहरीका लागि पहिलो पटक ५ हजार तथा सर्वसाधारण जनताले समेत उतm निर्णय बिपरीत गरेमा प्रति पटक ३ हजार रुपैयाका दरले जरिवाना लिने निर्णय गरेको छ ।
कार्वाहीको रकम संकलन गर्न नेपाल प्रहरीलाई जिम्मा दिईएको छ । संकलित रकम मध्ये ४० प्रतिशत प्रहरीलाई प्रोत्साहन स्वरुप उपलब्ध गराउने बाँकि ६० प्रतिशत रकम गाँउपालिका कार्यालयमा जम्मा गरीने अध्यक्ष बुढाले जानकारी दिनुभयो ।
जुवा, तास, लँुडो, खुत्रुके जस्ता खेलहरुसमेत खेलाएको पाईएमा सोहि वमोजिम कार्वाही प्रकृया अगाडि बढाईने निर्णय पारित गरीएको गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत कमल गौतमले बताउनुभयो ।