भाँङ्गो फडानी अभियान जारी, दोस्रो दिनसम्म तीस रोपनी

-- धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति : आइतवार, साउन २७, २०७५

जिल्ला प्रहरी कार्यालय बागलुङले संचालन गरेको गाँजा खेती नष्ट अभियान अन्तर्गत आइतबार पनि ताराखोलाको विभिन्न गाउँमा लगाइएको भाँङगो नष्ट गरेको छ ।
लागुऔषध खेति नियन्त्रण अभियान अन्तरगत जिल्लाको ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिकाका बिभिन्न स्थानमा प्रहरीले गाँजा खति नष्ट अभियान संचालन गरेको छ ।
शनिबारदेखि सुरुभएको फडानी अभियानको दोस्रो दिनसम्म करिव २ सय ३० रोपनी क्षेत्रफलमा लगाईएको भाँङ्गगो नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।
पहिलो दिन ३० जना प्रहरी परिचालन गरी ताराखोला गाउँपालिकाका ४ र ५ वडामा करीब २ सय रोपनी भाँगो नष्ट गरेको प्रहरीले सोमबार ताराखोला गाउँपालिकाको १, २ र ३ वडाहरुको बराहखोला, पँधेरा खोला, हिल, भातखाने डाँडा, खल्डाँडा, सिर्खु, हिमाथर, सिले लगायतका ठाउँहरुमा फडानी गरेको प्रहरी नायव निरीक्षक सानुकाजी विष्टले जानकारी दिनुभयो ।