भकुुण्डे जाने सडक कहिले सुुधारिएला

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६

बागलुुङ नगरपालिका वडा नम्वर १० भकुुण्डेका स्थानियले बागलुुङ बजार देखि भकुुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधि सँग माग गरेका छन् ।
नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप्रतिनिधिलाई सोधे ः सजिलो स्थानमा ८ मिटर र अप्ठ्यारोमा २ मिटर सडक बनाएर के गर्न खोजेको हो ?
उनीहरुले सडकसँगै खानेपानीको समस्या तत्काल समाधान गर्न माग गरेका थिए । पर्यटकीय गाउँमा न बाटो राम्रो न खानेपानी सुविधा कसरी हुन्छ पर्यटन विकास ।’ यहाँका स्थानियले कहिलेसम्म घैटामा सङ्कलन गरेर पानी प्रयोग गर्दै आएका छन् ।
स्थानियले स्वास्थ्य भवन नै अलपत्र परेको विषयमा समेत सचेत गराएका थिए । उनीहरुले एक घर एक धारा कहाँ हरायो भने कटाक्ष गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटाले भकुुण्डेमा खानेपानीको समस्या अन्त्यका लागि प्रदेशदेखि ५० लाख रुपैयाँ विनियोजित भएकाले अव खानेपानीको समस्या अन्त्य हुने दावी गर्नुभयो ।
यसैविच बागलुुङ नगरपालिकाका नगरप्रमुुख जनकराज पौडेलले स्रोत साधनको अभावले गर्दा सडक स्तर उन्नतीमा ढिला सुुस्ती भएको र नगरपालिका भित्रका पुर्वाधारमा विकासमा स्थानियको सहभागितामा अनुुगमन समेत गर्ने जानकारी दिनुुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष प्रेमबहादुुर थापा, संविधान सभाका सांसद नरबहादुुर थापा, नेकपाका नेता लालबहादुुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव हरिराम अधिकारी लगायतले बोल्नुुभएको थियो ।
कार्यक्रममा नेकपा बागलुङ नगरका अध्यक्ष धनबहादुुर परियारले कार्यक्रमको बारेमा जानकारी दिनुुभएको थियो । कार्यक्रम नेपाल कम्युुनिष्ट पार्टी नेकपा वडा कमिटिका अध्यक्ष खिमबहादुुर थापाको अध्यक्षता र नगरसचिव इन्द्र के.सीको सञ्चालनमा सम्पन्न भएको थियो ।