मालिका वनलाई वन्यजन्तुु आरक्षण क्षेत्र बनाउन स्थानियको माग

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

बागलुङ नगरपालिका–५ मालिकाका स्थानीयले मालिका वनलाई वन्यजन्तु आरक्षण क्षेत्र बनाउने माग गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङ नगर कमिटीले आयोजना गरेको ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रमका सहभागीले आरक्षण क्षेत्रको रुपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्न सकिने बताए ।
पछिल्लो समय वन्यजन्तुुको चोरी शिकारी बढ्दै जाँदा लोप हुुने अवस्थामा पुुगेकाले मालिका वनलाई पञ्चकोटको विकाशसँगै मालिका वनलाई वन्यजन्तुु आरक्षण बनाउन माग गरेका हुुन् ।
स्थानियले मालिका वनमा पाइने वन्युुजन्तुु चराचुरुङ्गीको संरक्षण गर्दा पञ्चकोटमा आउने आन्तरिक तथा बाह्य पर्यटकको प्रमुुख केन्द्र बनाउन समेत आग्रह गरेका थिए । बागलुुङ नगरपालिकामा आउने सेवाग्राहीले कर्मचारीले काम ढिला सुुस्ती गर्दा सेवाग्राही मर्कामा परेकाले यसलाई सुुधार्न समेत नगरप्रमुुख जनकराज पौडेललाई आग्रह गरेका थिए ।
मालिकाको सडक सञ्जाललाई समेत व्यवस्थित गर्न स्थानियले माग गरेका थिए । अव नगरपालिकाले विशेष ध्यान सामुुदायिक विद्यालय र स्वास्थ्यको विकासमा लाग्न र नगरपालिका भित्रका एक योजनामा एक प्राविधिक खटाउन समेत माग गरिएको थियो ।
कार्यक्रम बागलुुङ क्षेत्र नम्वर १ का प्रतिनिधि सांसद डां. सुुर्यप्रसाद पाठक, बागलुुङ नगरपालिकाका नगरप्रमुुख जनकराज पौडेल र वडा अध्यक्ष शिव सापकोटाले स्थानियले गरेका माग तथा गुुनासोको सम्वोधन गर्नुुभएको थियो ।
अभियानको बारेमा नगर कमिटीका अध्यक्ष धनबहादुर परियारले जानकारी दिनुभएको थियो । कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी नेकपा बागलुङ नगरपालिकाका ५ नगर वडा अध्यक्ष गोविन्द प्रसाद सापकोटाको अध्यक्षता र नगर सचिव इन्द्र केशीको सञ्चालनमा सम्पन्न भएको थियो ।