काठेखोला गाउँपालिका ७ जाने पुल कहिले बन्ने

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

जनतासँग जनप्रतिनिधि कार्यक्रम बागलुङको काठेखोला गाउँपालिका ७ रेशमा बुुधवार सम्पन्न भएको छ ।
काठेखोला गाउँपालिका ७ का स्थानियले जनतासँग जनप्रतिनिधि कार्यक्रममा गाउँपालिका ७ रेश जोड्ने खोलामा पक्की पुुल निर्माणको माग गरेका छन् ।
गाउँपालिका तथा सदरमुकाम जाँदा सिधा यातायातका लागि खोलामा पक्की पुुल नहुुदा समस्या भएकाले पक्की पुुल चाडैँ निर्माण गर्न माग गरेका हुुन् ।
कार्यक्रममा स्थानिय युुवाहरुले रेशलाई थप खेलकुुदको क्षेत्रमा विकाश गर्न उपयुुक्त खेलमैदान निर्माण गरी खेलक्षेत्रको विकाशमा सवै लागि पर्न ध्यानार्कषण गरेका थिए । काठेखोला गाउँपालिका ७ मा उत्पादित वस्तुुलाई बजार व्यवस्थापन र कृषिलाई आधुनिकरण गर्नुुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा स्थानियले जनतासँग प्रतिनिधिले जनतासँग चुुनावमा गरेका बाचा अनुुसार काम गर्दै आएपनि थप विकाशका लागि विकास पुर्वाधारहरु शिक्षा, स्वास्थ्य, सडक, खानेपानीको विकाशमा अझै लागि पर्न आग्रह गरिएको थियो ।
कार्यक्रम गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले स् केन्द्रिय सरकारले आवश्यक बजेट विनियोजित गरी टेण्डर प्रक्रिया अगाडी बढेकाले छिटै पुल बन्ने बताउनुुभएको थियो ।
सांसद सापकोटाले रेशलाई खेलकुुदको विकासका लागि खेलमैदानका लागि आवश्यक बजेट आएको रेशमा प्रधानमन्त्री कृषि आधुुनिकरण आयोजना परेकाले छिटै कृषि आधुनिकरणमा एक व्यक्ति एक उत्पादन लाग्नुुपर्नेमा जोड दिनुुभएको थियो ।
कार्यक्रममा नेपाल कम्युुनिष्ट पार्टी बागलुृुङ नगर सचिव ज्ञामनाथ गैरे , नेकपाका नेता हिरा के.शी, काठेखोला गाउँपालिका अध्यक्ष अमर थापा र वडा अध्यक्ष प्रेम थापा लगायतले बोल्नुुभएको थियो ।
कार्यक्रम नेपाल कम्युुनिष्ट पार्टी काठेखोलाका गाउँ कमिटीका अध्यक्ष दिलबहादुुर कार्कीको अध्यक्षता, हरि कुुवरको स्वागत र सचिव कृष्ण थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।