ट्रान्सफर्मर मार्फत विद्युत सेवा

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले बुधबारदेखि गल्कोट–९ मल्ममा १ सय केभीको नयाँ ट्रान्सफर्मर मार्फत विद्युत सेवा सञ्चालनमा ल्याएको छ ।
विधिवत पूजा अर्चाना गरि गलकोट नगरपालिका–ं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले स्विच अन गरि ट्रान्सफर्मरको विधिवत उदघाटन गर्नुभएको हो ।
वडा नं ७ मल्मको आँगाखेत, बामिया र सिरबारेका झण्डै २ सय घरधुरीलाई लक्षित गरि उक्त ट्रान्सफर्मर मार्फत विद्युत सेवा सुचारु गरिएको वडा सदस्य तथा घुम्टे विद्युतिकरण उपभोक्ता समिति मल्मका अध्यक्ष लोक बहादुर थापाले जानकारी दिनुभयो ।
यसभन्दा पहिले उक्त क्षेत्रमा गलकोट नगरपालिका वडा नं ९ बाँसखोलाको ट्रान्सफर्मरमा लोड बढेकोले नयाँ ट्रान्सफर्मर मार्फत ग्राहकलाई सेवा प्रदान गरिएको नेपाल विद्युत प्राधिकरण नो लाईट कार्यालय गलकोटका प्राविधिक नगेन्द्र पुनले बताउनुभयो ।
ट्रान्सफरको लागि जग्गा व्यवस्थापन देखि अन्य व्यवस्थापकीय कार्यमा स्थानियले सहयोग गरेका थिए । स्थानिय जनप्रतिनिधी, समाजसेवी, नेपाल विद्युत प्राधिकरणका प्राविधिक, स्थानियबासीको उपस्थितीमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
नयाँ ट्रान्सफर्मर मार्फत विद्युत सेवा सुचारु भए सककगै बासखोलाको ट्रान्सफर्मरमा लोड घटेको छ । ग्राहकलाई उद्योग धन्दा तथा घरमा विद्युतिय उपकरण प्रयोग गर्न सहज हुने नेपाल विद्युत प्राधिकरण बागलुङले जनाएको छ । कार्यक्रम पत्रकार थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।