गाउँगाउँमा नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

काँग्रेसको जागरण अभियान गाउँगाउँमा नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान गाउँगाउँ केन्द्रित भएको छ ।
काँग्रेस बागलुङले जिल्लाका दुई निर्वाचन क्षेत्रका ४ वटै प्रदेश निर्वाचन क्षेत्रमा जागरण अभियानका कार्यक्रम संचालन गरेको छ । मंगलबार देखी सुरु गरिएको अभियान बुधबार क्षेत्र नं. १ प्रदेश (क) अन्तरगतको कार्यक्रम बागलुङ नगरपालिका–४ कुँडुलेमा संचालन भएको छ ।
बानपा ४ र ५ का कार्यकर्तालाई लक्षित गरी कुँडुलेको फेदिमा भेटघाट तथा आमसभा भएको थियो । कार्यक्रमका बौल्दै जागरण अभियानका केन्द्रिय प्रतिनिधि नवराज गुरुङले मुलुकलाई गणतन्त्र संस्थागत गर्नेका निम्ती काँग्रेसले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
उहाँले काँग्रेसले गरेका काममा अहिलेको सरकारले प्रचारबादी गरेको आरोप लगाउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस बागलुङका पुर्व सभापति एवं गण्डकी प्रदेशका सचेतक मणिभद्र शर्मा कंडेल, महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, क्षेत्र नं. १ का क्षेत्रीय सभापति चिरञ्जीवी गौतम, महाधिवेशन प्रतिनिधि जगन्नाथ आचार्य, पार्वती आचार्य, क्षेत्र नं. १ प्रदेश (क) का सभापति शिव प्रसाद कंडेल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा जागरण अभियानका बारेमा क्षेत्रीय सदस्य एवं कार्यक्रमका संयोजक तेज बहादुर कुँवर सन्तोषले जानकारी गराउनुभएको थियो । कार्यक्रम बागलुङ नगरपालिका – ४ का पार्टी संयोजक हरिबहादुर जिसी सन्तोषको अध्यक्ष बानपा ५ का सभापति फुलप्रसाद सापकोटाको स्वागत र बानपा ४ का सहसंयोजक भोला आचार्यको संचालनमा सम्पन्न भएको थियो ।
त्यसै बागलुङको क्षेन नं. १ (ख) अन्र्तगत जैमिनी नगरपालिका–२ दमेकमा जागरण अभियानको साथमा कार्यकर्ता विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै केन्द्रिय प्रतिनिधि छन्दबहादुर पहराईले जागरण अभियानले काँग्रेसमा थप उर्जा थप्ने बताउनुभयो ।
उहाँले मुलुकमा अहिलेको सरकारले काम भन्दा पनि आफ्ना कार्यकर्ता पोस्ने काम गरेको भन्दै यसको चौतर्फी भण्डाफोर गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सचिव नवराज पौडेल, महासमिति सदस्य भिम श्रीष, जैमिनी नगरपालिकाका संयोजक काशिराम आचार्य, जैमिनी – २ का वडा अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा एक दर्जन युवाहरु राष्ट्रिय जनमोर्चा र नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेको सचिव पौडेलले जानकारी दिनुभयो । कार्यक्रम दमेकका कार्यबहाक वडा सभापति आनन्द अम्माईको अध्यक्षता कोषाध्यक्ष कमला शर्मा सापकोटाको स्वागत र नेविसंघका क्षेत्रीय सभापति प्रेम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।
यसै बिच नेपाली काँग्रेस क्षेन नं. २ प्रदेश (क) ले गलकोट नगरपालिकाको वडा नं. २, ३ र ४ मा जागरण अभियान एवं अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ ।
कार्यक्रमा बौल्दै क्षेत्रीय प्रतिनिधि विष्णु पौडेलले मुलुकको विकास र निकास काँग्रेसले दिने हुँदा आम जनता अबको स्थितिमा काँग्रेसलाई रोज्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले जागरण अभियानले काँग्रेसमा शक्तिशाली उर्जा प्रदान गर्ने बताउनुभयो । कार्यक्रममा काँग्रेस बागलुङका जिल्ला सदस्य फम खत्री, मुकुन्द भण्डारी, महाधिवेशन प्रतिनिधि मञ्जु चालिसे, गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख रेणुका काउचा मगर, वडा नं. ३ का वडा अध्यक्ष विरजंग भण्डारी वडा नं. २ का वडा अध्यक्ष हिम बहादुर भण्डारी हेमन्त, वडा नं. ४ का वडा अध्यक्ष बलबहादुर केसी, पुर्व महासमिति सदस्य डिल्लीराम सुवेदी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम तिन वटै वडामा कार्यबहाक सभापति तिलब घर्तिको अध्यक्षता घनश्याम कुँवर, घनश्याम सुवेदी र हेमराज गैरेको संचालनमा सम्पन्न भएको थियो ।