पतञ्जली योगको साधारण सभा तथा दोस्रो अधिवेशन

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

पतञ्जली योग समिति बागलुुङको पाचाँै साधारण सभा तथा दोस्रो अधिवेशन बुुधवार बागलुुङमा सम्पन्न भएको छ ।
कार्यक्रममा बागलुुङ नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष लक्ष्मी बास्कोटाले योग सवैका लागि अनिवार्य रहेकाले बताउनुभयो ।
कार्यक्रम पतञ्जली योग समिति गण्डकी प्रदेशका उपाध्यक्ष किरणमामा श्रेष्ठ, बागलुुङका केन्द्र रसाइली, रत्न श्रेष्ठ लगायतले बोल्नुुभएको थियो ।
कार्यक्रम पतञ्जली योग समिति बागलुुङका अध्यक्ष हरिप्रसाद उपाध्यायको अध्यक्षता, सहसचिव धनबहादुुर कार्कीको स्वागतर सचिव हिराबहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैविच पतञ्जली योग समितिको दोस्रो अधिवेशनले हरिप्रसाद उपाध्यायको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले हिरा के.शी उपाध्यक्ष, कल्पना श्रेष्ठ सचिव, दुवेलकाजी राजभण्डारी सहसचिव, पार्वती शर्मा, धनबहादुर कार्की कोषाध्यक्षमा चयन भएका हुुनुभएको छ ।
समितिको सदस्यमा सकुन्तला श्रेष्ठ, रत्ना श्रेष्ठ, चन्द्रकला छन्त्याल लामा, सीता कँडेल, रनबी यादव रहनुभएको छ ।