मुलपानी माविमा पूर्व विद्यार्थी समाज गठन

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

बागलुङ नगरपालिका–४ मुलपानी स्थित मुलपानी माविमा पूर्व विद्यार्थीको भेला सम्पन्न भएको छ ।
६२औँ स्थापना दिवसको अवसरमा भएको भेलाले विश्वनाथ रेग्मीको अध्यक्षतामा पूर्व विद्यार्थी समाज गठन गरेको छ ।
समाजको उपाध्यक्षमा सन्तोष पन्त, सचिवमा तेजराज गौतम, कोषाध्यक्षमा तारकराज पराजुली रहनुभएको छ । समाजको सदस्यमा सूर्य गौतम, विजयराज पन्त, प्रकाश रेग्मी, कृष्ण गौतम, धुर्व केसी, दिलबहादुर खडका, गणेश पराजुली, दुर्गा किसान, प्रभा परियार रहनुभएको छ ।
समाजको सल्लाहकारमा यादव पन्त, डा. सुदर्शन शिलवाल, कविन्द्रराज सापकोटा, धिरेन्द्रराज पन्त, विजयराज पन्त रहेको शिक्षक इन्द्र खडकाले जानकारी दिनुभयो ।
विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि पूर्व विद्यार्थी समाजले आवश्यक सहयोग र समन्वय गर्ने बताइएको छ ।