यादवले ५३ हजार हात पारे बजाजको महाएक्सचेन्ज मेलामा

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६

बजाज मोटरसाइकलको महा एक्सचेन्ज मेला चलिरहेको छ । बागलुङकालागि आधिकारिक बिक्रेता शिवशक्ति अटोमोबाइलबाट मोटरसाइकल खरीद गर्दा महोत्तरीका जयनाथ यादवले ५३ हजार नगद पुरस्कार हात पारेका छन । म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत यादबले मोटरसाइकल खरीद गर्नु अधि ५० हजार र खरीद गरिसकेपछि ३ हजार नगद हात पारेका हुन । यो अफरमा मोटरसाइकल खरीद गर्नु अघि र पछि दुई पटक स्क्रयाच कार्ड प्रदान गरिन्छ । मोटरसाइकल खरीदमा बाइक कभर,हेलमेट ,लेग गार्ड र ल्यापटप समेत प्रदान गरिने शिवशक्ति अटोमोबाइल बागलुङका प्रोप्राइटर शिवशंकर शाहले जानकारी दिए । यो अफर भदौ २३ गतेबाट सुरु भएको र २७ गते सम्म जारी रहने शाहले जानकारी दिए । कम्पनीले “किने पछि जित्ने होइन जिते पछि किन्ने” नारा सहित योजना शुरु गरेको हो ।

यो योजनाअन्तर्गत ग्राहकहरुलाई मोटरसाइकल किन्नु भन्दा अगाडि नै स्क्रयाच कार्ड प्रदान गरिनेछ जसमार्फत उनीहरुले सियोर सट डिस्काउन्ट थाहा पाउन सक्नेछन्, साथै उनीहरुले बजाजको जुनसुकै मोटरसाइकलको खरिद पश्चिात फेरि छुट पाउने छन् । उल्टो अफर योजना अन्तर्गत ग्राहकहरुले मोटरसाइकल किन्नु अगाडि नै एडभान्समै १ लाखसम्मको नगद जित्न सक्छन्  साथै खरिद गरेपछि पनि १ लाखसम्म नगद जित्न सक्नेछन् । ग्राहकहरुले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गरि यो योजनाको लाभ लिन सक्नेछन् । यस अफरमार्फत ग्राहकहरुले मोटरसाइकल खरिद गर्नुभन्दा अगाडि नै सियोर सट डिस्काउन्ट थाहा पाउनेछन् साथै खरिद गरेपछि फेरि नगद छुट प्राप्त गर्ने छन् ।