सुवासको “रित यो जिवन” को म्यूजिक भिडियो रिलिज (भिडियो सहित)

-- कृष्ण संयोग/बागलुङ / प्रकाशित मिति : शनिबार, साउन २६, २०७५

दी साईनिङ डान्स गु्रपको प्रस्तुति तथा नव गायक तथा निर्देशकको नयाँ म्युजिक भिडियो युटयुवमा रिलिज भएको छ । ‘रित यो जिवन’ बोलको गीतमा सुवास
शिवकै स्वर,शब्द,संगीत र निर्देशन रहेको छ ।

गीतमा डेब्यु कलाकार जिवन परियार र मान्वी थापाको अभिनय रहेको छ । नेपाली युवाहरुको बाध्यता अहिलेको अवस्था नेपालमा रोजगार नहुनु र वैदेशिक रोजगारका लागि विदेश जानु पर्ने अवस्था छ त्यही भावलाई समेटिएर बनाईको भिडियोमा एउटा विवाहित पुरुषले आफ्नो जिवनमा आईपर्ने समस्या र आफ्नो परिवार छोडेर विदेश जानु पर्ने समस्या र विदेश जादै गर्दा बिच बाटोमा गुन्डाहरुबाट उनको रकम खोसिनु र उनलाई मारिनु परेको अबस्थालाई भिडियोमा देखाईको छ ।

यसैगरि म्यूजिक भिडियोमा मुस्कान आलेमगरको छायाँकन,अन्जान आलेमगरको सम्पादन, एल.वि.पुनको संगीत संयोजन तथा भिम जेम्सको सहायक निर्देशन रहको छ । बागलुङको .विभिन्न ठाउँमा छायाँकन गरिएको भिडियो ‘दी साईनिङ डान्स ग्रुप’को अफिसियल युटयुवबाट रिलीज गरिएको छ ।