मालपोत कार्यालय बुर्तिबाङमा अनलाइन सेवा

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६

मालपोत कार्यालय बुर्तिबाङमा सोमबारदेखि अनलाइन सेवा सुभारम्भ भएको छ ।
देशभरका १ सय २१ मालपोत कार्यालय मध्य ९० औँ शाखाको रुपमा बुर्तिबाङ मालपोत कार्यालयमा ल्यान्ड, रेकर्ड इन्फरमेशन म्यानेजमेन्ट सिस्टम अर्थात अनलाईन भूमि अभिलेख प्रणाली सुरु भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका कम्प्युटर अपरेटर विमलमान श्रेष्ठले बताउनुभयो ।
पहिलो दिनमै सेवाग्राही हर्कबहादुर कायतद्वारा वानबहादुर छन्त्याललाई जग्गा विक्री बापतको लालपुर्जा हस्तान्तरण गर्दै सेवा सुभारम्भ गरिएको हो ।
श्रेष्ठका अनुसार अनलाइन सेवा मार्फत चुस्त दुरुस्त राजश्व व्यवस्थापन हुने, जग्गा हटबन्धीभन्दा बढि भए नभएको थाहा हुने, कर छली नहुने, कृते जग्गा कारोबार थाहा हुने, जग्गा कारोबार गर्ने व्यक्तिलाई मोवाइल एसएमएस मार्फत जानकारी हुने, साविकको तुलनामा छिटो काम सम्पादन हुने, केन्द्रित डाटा व्यवस्थापन गर्न सहज हुने भएका कारण भूमि व्यवस्था मन्त्रालय अन्तरगत यस्तो कार्यक्रम ल्याइएको बताउँदै अनलाईन प्रणालीले सेवा ग्राहीलाई फाइदा पुग्ने बताउनुभयो ।
आयोजित कार्यक्रममा इलाका प्रशासन बुर्तिबाङका लोकबहादुर कुवँर, बुर्तिबाङ स्थित विभिन्न सरकारी गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिध, वित्तिय संस्थाका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रमुख लगाएतको सहभागिता रहेको थियो ।
मालपोत कार्यलय बुर्तिबाङका प्रमुख आनन्द शर्माको अध्यक्षता, मालपोत कार्यालयका खरिदार टोपलाल घर्तीको सञ्चालनमा सम्पन्न भएको हो ।