काँग्रेसको दोस्रो चरणको जागरण अभियान मंगलबार देखि

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६

नेपाली कांग्रेसले बागलुङले मंगलबार देीख दोस्रो चरणको जागरण अभियान संचालन गर्दै छ ।
पूर्वपार्टी सभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका अवसरमा दोस्रो चरणको जागरण अभियान सुरु गर्न लागिएको हो ।
जनता, मतदाता र पार्टीका सवै निकाय÷तहका पदाधिकारी, सदस्य एवं शुभेच्छुकहरु बिच जिवन्त समपर्क र समन्वय कायम गरी पार्टीलाई सक्रिय र सदृढ पार्ने उद्देश्यले केन्द्रिय समितिको निर्णय बमोजिम बागलुङमा पनि जागरण अभियान संचालन गर्न लागिएको हो ।
जागरण अभियान भदौ २४ गतेदेखी असोज ७ गतेसम्म संचालन हुने नेपाली काँग्रेस बागलुङका कार्यबहाक सभापति नवराज पौडेलले जानकारी दिनुभयो । जागरण अभियानको पहिलो दिन भदौ २४ गते हरेक निर्वाचन क्षेत्रका प्रदेश निर्वाचन क्षेत्रमा १ सय ६ वटा विरुवा रोपेर अभियानको शुभारम्भ गरिँदै छ ।
दोस्रो चरणको कार्यक्रम मुलुकभर ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा एकै चोटी अभियान सुरु हुँदैछ । जागरण अभियानका क्रममा स्थानिय तह, गाउँ नगर समितिहरु, भातृ तथा शुभेच्छुकका समितिहरुको विवरण र अवस्थाको बारेमा अभिलेख संकलन गरी जिल्ला कार्यसमितिका पेश गरिने छ ।
त्यस्तै जिल्लाका सवै क्षेत्रमा युवा केन्द्रित विशेष संवादको सहजीकरण गर्ने र प्रदेश सभा क्षेत्रका जागरण कार्यक्रमहरुको आवश्यक समन्वय गर्ने कार्यक्रम रहेको कार्यबहाक सभापति पौडेलले जानकारी दिनुभयो ।
जिल्लाका २ निर्वाचन क्षेत्रका ४ प्रदेश निर्वाचन क्षेत्रमा जागरण अभियानका लागि केन्द्रबाट प्रतिनिधि पनि खटिएका छन । प्रतिनिधि सभा क्षेत्र नं. १ प्रदेश निर्वाचन क्षेत्र (क) का लागि काँग्रेस पर्वतका पुर्व पार्टी सभापति नवराज गुरुङ, प्रदेश निर्वाचन क्षेत्र (ख) का लागि केन्द्रिय प्रशिक्षण विभाग सदस्य एवं काँग्रेस गुल्मीका पुर्व पार्टी सचिव छन्दबहादुर पहराईलाई केन्द्रिय समितिबाट प्रतिनिधिको रुपमा खटाएको छ ।
त्यसैगरी प्रतिनिधि सभा क्षेत्र नं. २ प्रदेश (क)का लागी स्याङ्जाका युवा नेता एवं प्रदेश सभा सदस्यका उम्मेदवार विष्णु पौडेल र प्रदेश (ख)का लागि काँग्रेस म्याग्दीका पुर्व पार्टी सभापति रेशम बानियाँलाई तोकिएको छ ।
जागरण अभियामा स्थानिय तहको दुई वर्षको समिक्षा वडा स्तरीय अन्तरक्रिया पार्टी प्रवेश अभियान लगायतका कार्यक्रम संचालन गरिने काँग्रेस बागलुङले जनाएको छ । काँग्रेस केन्द्रिय समितीले हरेक प्रदेश निर्वाचन क्षेत्रमा केन्द्रिय प्रतिनिधिहरु खटाएको छ ।