विविध कार्यक्रम सहित निजामति सेवा दिवस गरी मनाईयो

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६

‘सक्षम निजामती प्रशासन विकास, समृद्धि र सुशासन’ भन्ने मुल नाराका साथ बागलुङमा त्रिदिवसीय कार्यक्रम सहित निजामती सेवा दिवस मनाईएको छ ।
शुक्रबारदेखी तिन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाईएको हो । दिवसको मुख्य समारोहमा बौल्दै जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगानाले समृद्ध नेपाल निर्माणका निम्ती जनप्रतिनिधि र कर्मचारी दुवैको महत्वपूर्ण भुमिका हुने बताउनुभयो ।
उहाँले कर्मचारी र जनप्रतिनिधिको सुमधुर सम्बन्ध स्थापित भएमा हरेक कुरामा आमुल परिवर्तन ल्याउन सकिने बताउनुभयो । ढुंगानाले निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुनाले न्यायमा आधारित सेवा प्रदानका लागि निजामती कर्मचारीको अतुलनिय भुमिका हुने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुषालले कर्मचारीहरु सधै चुस्त दुरुस्त र निष्पक्ष ढंगले जनताको सेवामा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमबहादुर कुँवर, पुर्व कर्मचारी सेवा परिषदका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, उच्च सरकारी वकिल कार्यालयका सह न्याधीवक्ता डा. गोविचन्द्र भट्टराई, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष रामप्रसाद उपाध्याय, निजमती कर्मचारी युनियन संघ बागलुङका अध्यक्ष देव शर्मा आचार्य, राष्ट्रिय कर्मचारी संगठन निजामतीका प्रतिनिधि तेजराज गौतम लोकसेवा आयोग बागलुङ कार्यालयका प्रमुख गणेश प्रसाद पौडेल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा बागलुङ जिल्लामा सबै भन्दा लामो समयसेवा गरेका ईलाका हुलाक कार्यालय विहुँका खरिदार, गंगाधर कंडेल, पाण्डवखानी स्वास्थ्य चौकीका अहेब रत्नाकुमारी सुनार र रिघा स्वास्थ्य चौकीका अहेब डिलकुमारी पुनलाई सम्मान गरिएको थियो । त्यसैगरी सेवा निवृत्त जेष्ठ कर्मचारी, योगेन्द्र जिसी र बालुमाया शाक्य जोसीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रम बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं मुल समारोह समितिका संयोजक लुक बहादुर क्षत्रीको अध्यक्षता शिक्षा समन्वय ईकाईका प्रमुख कुश्मराज उपाध्यायको स्वागत र निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियनका अध्यक्ष एवं मुल समारोह समितिका सदस्य सचिव तेजप्रसाद निउरेको संचालनमा सम्पन्न भएको थियो ।
निजामति सेवालाई स्थायी सरकार भनिन्छ । देश संघीयतामा गए पनि धेरै स्थानीय तहमा अझै पनि कर्मचारीको चरम अभाव छ । जसले गर्दा स्थानीय विकास निर्माणको काम हुन सकिरहेको छैन । सेवा प्रवाह प्रभावित बनेको छ ।