शिक्षा दिवस मनाइयो, प्रविधि र व्यवसायिक शिक्षामै जोड

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६

‘हामी सबैको प्रणः सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण’ भन्ने नाराका साथ ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस बागलुङमा पनि मनाइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई बागलुङ र बागलुङ नगरपालिकाको संयुुक्त आयोजनाका दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले शिक्षालाई गुणस्तरीय बनाउन प्रविधिमैत्री र व्यवासीक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले नेपालको शिक्षा निति ऐन नियममा केही असपष्ट भएको हुँदा यसलाई छिटो सुधार गर्नूपर्नेमा जोडदिनुभयो ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षत्रीले अनुशाशित, लगनशिल र देश सेवा भावनाको विकास गर्ने शिक्षामा जोडदिनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष धर्म कुँवर, शिक्षक संगठनका थानेन्द्र गौतम, शिक्षक महासंघका उपाध्यक्ष छविरमण रेग्मी, संस्थागत विद्यालयको तर्फबाट अमृत आर्दश विद्यालयका प्रिन्सीपल महेशचन्द्र प्रधान, शिक्षा समन्वय ईकाईका शाखा अधिकृत विदुर शर्मा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा बागलुङ नगपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमबहादुर कुवँरले धन्यबाद मन्तव्य व्यक्त गर्नुएको थियो । कार्यक्रममा २०७५ को एसईईमा जिल्लामा उत्कृष्ट जिपिए ४ ल्याउने न्यु मोर्डन एकेडेमी बुर्तिबाङका हरि अर्याल र सामुदायिक विद्यालयबाट प्रथम हुने गणेश मावि नारायणस्थानका रेजिना विकलाई जनही ५ हजार नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
दिवसको अवसरमा आयोजित निबन्ध लेखन प्रतियोगितामा विद्यामन्दिर माविका जिज्ञासा गौतम प्रथम, कालिका कन्या माविका शंकर परियार द्धितिय, चिल्डेनलाईफ आवासिय माविका अनिष रेग्मी तृतिय, र विद्यामन्दिर माविका विवेक नेपाली र धौलागिरी विरेन्द्र माविका नेहा सापकोटा सान्त्वना भएका थिए ।
विजयी प्रतियोगितलाई क्रमश ः५ हजार, ३ हजार २ हजार र १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रम बागलुङ नगरपालिका सामाजिक विकास समितिका संयोजक गणेशबहादुर थापा मगरको अध्यक्षता, शिक्षा समन्वय ईकाईका प्रमुख कुश्मराज उपाध्यायको स्वागत र शिक्षा अधिकृत गौरब राना मगरको संचालनमा सम्पन्न भएको थियो ।