जनप्रिय दुग्ध उत्पादकको साधारणसभा सम्पन्न

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : सोमवार, भदौ २३, २०७६

बाग्लुङको काँठेखोला गाउँपालिका– ५ बिहुँ वडार स्थित जनप्रिय दुग्ध उत्पादक सहकारी संस्थाको ८औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।
साधारणसभामा सचिब धन बहादुर सापकोटाले गत आर्थिक वर्ष ०७५÷०७६को आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुगर्दै २८ लाख ५६ हजार ६२ रुपैयाँ आम्दानी र २८ लाख ६४ हजार ५ संय खर्च भएको विवरण पेस गर्नुभएको थियो
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले कृषीको विकास र व्यवसायिकरणको लागि राज्यले दिने अनुदानको उचित प्रयोग हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका–५ का वडा अध्यक्ष शिव प्रसाद कडेंलले सरकारले पनि कृषिजन्य चिजहरु उत्पादन गर्ने कृषकहरुलाई विभिन्न प्याकेज कार्यक्रम संचालन गरे पनि प्रभावकारी नभएको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य खगिशरा न्यौपानेले बोल्नुभएको थियो । कार्यक्रम अध्यक्ष बालाकृष्ण सापकोटाको अध्यक्षता, भूमिश्वर कँडेलको स्वागत र देवनारायण सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।