मैत्रीपूर्ण फुटवल खेल सम्पन्न

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६

निजामित कर्मचारी दिवसको अवसरमा शनिवार बागलुङको बाङ्गेचौर खेल मैदानमा मैत्रीपूर्ण फुटवल खेल सम्पन्न भएको छ ।
निजामति कर्मचारीहरुको आधिकारीक टे«ड युनियन बागलुङ र प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टिमका बिचमा भएको खेलमा आधिकारीक टे«ड युनियन महासंघ बागलुङ बिजयी भएको छ ।
टे«ड युनियन बागलुङले ४ गोल गरेको थियो भने प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टिमले सान्त्वना १ गोल गरेको थियो । टे«ड युनियनको तर्फवाट पहिलो हाफको ५ मिनेटमा महेश थापाले गोल गरि टिमको अग्रता लिनु भएको थियो ।
त्यसैगरि पहिलो हाफको ३० मिनेटमा टे«ड युनियनका तर्फवाट नै लोकेश पौडेलले, ४५ औ मिनेटमा इन्द्र थापाले र दोस्रो हाफको ५ मिनेटमा प्रेम बिकले गोल गर्नु भएको थियो भने प्रमुख जिल्ला अधिकारी नेतृत्वको टिमवाट दोस्रो हाफको ३८ औ मिनेटमा हरिनन्द जैसीले सान्त्वना १ गोल गर्नु भएको श्याम थापाले जानकारी दिनुभयो ।
खेलको उद्घाटन प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले रेफ्रिलाई बल हस्तान्तरण गरेर गर्नुभएको थियो । सो अवसरमा बोल्दै क्षेत्रीले आपसी सद्भाव र भाइचाराको सम्वन्ध कायम राख्नका लागि खेलले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रमको संचालन निजामति सेवा दिवस मुल समारोह समितिका सदस्य सचिव तेजप्रसाद निउरेले गर्नु भएको थियो । यसैबिचप पर्वतम पनि मैत्रीपूर्ण फुटवल खेल सम्पन्न भएको छ । पर्वत जिल्लाका निजामित कर्मचारी र पत्रकार महासंघका वीचमा मैत्रीपूर्ण फुलबल खेल सम्पन्न भएको हो ।
मैत्रीपूर्ण फुटबलमा कर्मचारीको समूहले ९ गोल गरेको थियो । प्रतिउत्तरमा पत्रकारको समूहले ४ गोल गरेको थियो । सदरमुकाम कुश्मा बजार स्थित शसस्त्र गणको खेलकुद चौरमा सम्पन्न खेलको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले खेलकुदको माध्यमबाट पत्रकार र कर्मचारी वीचको सम्बन्धले विकास निर्माणको काममा सहयोग सहयोगी भूमिका निर्वाह हुने बताउनुभयो ।
विजयी समूहलाई निजामति कर्मचारी दिवसको अवसरमा नगद ५ हजार रुपैंया पुरस्कृत गरिने कर्मचारी मिलन केन्द्र पर्वतका अध्यक्ष हरी पंगेनीले जानकारी दिनुभयो ।