बागलुुङ बहुुउद्धेश्यीय सहकारीको १८ औ साधारण सभा सम्पन्न

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६

बागलुुङ बहुुउद्धेश्यीय सहकारी संस्था बागलुङले आर्थिक बर्ष २०७५\०७६ मा २ अर्व ४ करोड ४९ लाख भन्दा बढि कारोवार गर्न सफल भएको छ ।
२०५८ सालमा स्थापना भएको संस्थाले आर्थिक बर्ष २०७५\०७६ मा २ अर्व ४ करोड ४९ लाख २८ हजार ४ सय २५ रुपैया कारोवार गर्न सफल भएको हो ।
संस्थाको सातौ बार्षिक साधारणसभाका अवसरमा सहकारीका कोषाध्यक्ष राजेन्द्र शाक्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा संस्थाले उक्त रकम बरावरको कारोवार गर्न सफल भएको उल्लेख गरिएको छ ।
६१९ जना शेयर सदस्य रहेको संस्थामा हालसम्म ५ करोड ७१ लाख ९७ हजार ८ सय रुपैया शेयर रकम, ३० करोड ९४ लाख ४८ हजार ४ सय २५ रुपैया लागनी गर्न सफल भएको कोषाध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिनुभयो ।
कार्यक्रममा सहकारीमा उत्कृष्ठ बचत, अवधी बचत, जेष्ठ नागरिक सम्मान लगायत सम्मान गरिएको थियो । कार्यक्रममा बागलुुङ नगरपालिकाका नगरप्रमुुख जनकराज पौडेलले सहकारीले गाउँमा रहेको साहुुको ऋणको भार बोक्ने समयको अन्त्य भएको बताउनुुभएको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, ब्रह्माकुुमारी ईश्वरी विश्वविद्यालय बागलुुङ शाखाका सावित्री दिदि, ग्रिन डेभलमेन्ट बैङ्कका अध्यक्ष गणेशकुुमार श्रेष्ठ, एकता सहकारी संस्थाका अध्यक्ष धुुव्र शर्मा , बागलुुङ बहुुउद्धेश्य सहकारी संस्थाका सल्लाहकार सहप्राध्यापक हरिप्रसाद गौतम , सेयर सदस्य रुद्रा केशी र रामचन्द्र शर्मा लगायतले बोल्नुुभएको थियो ।
कार्यक्रम बागलुुङ बहुुउद्धेश्य सहकारी संस्थाका अध्यक्ष अशोक गोविन्द राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष दुुर्गादत्त आचार्यको स्वागत र सचिव योगनाथ शर्मा कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।