युवा सघंका केन्द्रिय सदस्य केसीद्धारा जन्मदिनमा सहयोग

-- / प्रकाशित मिति : बुधबार, साउन २, २०७५

युवा सघं नेपालका केन्द्रिय सदस्य लोकेन्द्र केसीले नेपाल पत्रकार महासंघ बागलुङको अभियानमा १५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

केसीले आफ्नो जन्मदिनको अवसर पारेर महासंघले भवन निर्माणका लागि सञ्चालन गरेको ‘हामी सबैको रहर, पत्रकार महासंघ बागलुङको घर’ अभियानमा नगद १० हजार र महासंघका कोषाध्यक्ष बिजय रानाको उपचारका लागि ५ हजार सहयोग गरेका हुन् । यसका साथै महासंघको नवनिर्मित भवनमा स्वच्छ पिउने पानीका लागि युरो गार्ड समेत प्रदान गर्ने घोषणा गरेका छन् । सामाजिक अभियान र परोपकारी सोचले उक्त सहयोग गरेको केन्द्रिय सदस्य केसीले बताए ।

महासंघको दुई तला भवन निर्माण भएर अहिले कार्यालय सञ्चालन गरिएको छ । महासंघका कोषाध्यक्ष रानाको उपचारका लागि पनि महासंघले ‘एक पत्रकार, एक सय रुपैयाँ’ अभियान सञ्चालन गरेको छ । हाल सम्म उपचारका लागि ३ लाख ५० हजार भन्दा बढी सहयोग संकलन भएको महासंघका अध्यक्ष दिल शिरीषले बताए ।