प्रवासी गायक खड्काको मौलिक तिज गित बजारमा

-- / प्रकाशित मिति : बुधबार, साउन २, २०७५

मौलिक नेपाली लोकदोहोरी गीतको खडेरी परिरहेको बेला पछिल्लो समयमा मौलिक तिज गीत बजारमा आएको छ । जापानमा रहेका गायक तथा सर्जक सुर्य खड्काको प्रस्तुति रहेको तीज गीत ‘ रुपावती ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

देवी घर्ति र सुर्य खड्काको आवाज रहेको सो गितमा लय सिर्जना खड्का स्वयम्ले गरेका छन् भने शव्द सुर्य खड्का र शिव अखेली मिलेर लेखेका छन् ।
स्मृति तिमिल्सीनाले निर्देशन गरेको म्युजिक भिडियोमा चर्चित गायक तथा मोडेल प्रकाश सपुत, अञ्जली अधिकारी र रिना थापा मगरको अभिनय रहेको छ ।
गित र म्युजिक भिडियोले श्रोता दर्शकको मन जित्ने गायक सुर्य खड्काले बताए ।