कराते विश्व च्याम्पियनसिप प्रतियोगितामा नेपाललाई ४ पदक

-- धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति : बुधबार, साउन २९, २०७६

जापानमा सम्पन्न कराते विश्व च्याम्पिएनसिप प्रतियोगितामा नेपालले ४ पदक हासिल गरेको छ ।
अगस्ट ९ देखि ११ सम्म जापानको ओकिनावामा सम्पन्न कोशिकी करातेको विश्व महासम्मेलन एबं विश्व च्याम्पिएन्शिप मा नेपालका खेलाडीले चार पदक प्राप्त गर्न सफल भएका हुन् ।
१८ देशका १ सय ५० भन्दा बढी खेलाडी सहभागी भएको प्रतियोगितामा नेपालका तर्फबाट ९ जनाको टोलीले सहभागिता जनाएका थिए । नेपालका तर्फबाट सहभागी बागलुङका खेलाडीहरुले पदक जित्न सफल भएका हुन् ।
पुरुष सिनियर लाइट बेल्ट प्रतिस्पर्धामा नेपालको तर्फबाट बागलुङका कृष्णप्रसाद कँडेलले अस्टे«लियाका खेलाडीलाई हराउदैँ सेमिफाइनलमा प्रवेश गरेका थिए । सोही खेलमा जापानका खेलाडीसंग एक अंकले पराजित हुदैँ तेस्रो स्थान प्राप्त गर्न सफल भए ।
पुरुष सिनियर लाइट बेल्ट प्रतिस्पर्धामा अमेरिकाका बु्रस्ली वाल्कर प्रथम भए । नेपालले आफू भन्दा धेरै ठुला तौलका खेलाडी संग प्रतिस्पर्धा गर्नु पर्दा अपेक्षित नतिजा प्राप्त गर्न नससिएको नेपाली टोलीका प्रमुख कृष्ण प्रसाद कँडेलले बताउनुभयो ।
यस्तै जुनियर पुरुष काता प्रतिस्पर्धामा नेपालका साहिल कंडेलले क्यानडाका खेलाडीलाई १७ अंकले पछि पार्दै दोश्रो हुन सफल भए ।