काठेखोला गाउँपालिकाको नीति, कार्यक्रम र बजेट पारित

-- / प्रकाशित मिति : शनिबार, असार ३०, २०७५

बागलुङको काठेखोला गाउँपालिकाको तेस्रो गाउँ सभा शुक्रवार सम्पन्न भएको छ ।

गाउँसभाले अध्यक्ष अमर थापाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र बार्षिक बजेट पारित गरेको छ ।

काठेखोलाले कुल ३२ करोड ७९ लाख ८९ हजार ४ सय १५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जस मध्ये पुजिगत तर्फ ९ करोड ४९ लाख ३३ हजार ८ सय ३८ रुपैयाँ छ भने चालु तर्फ ३ करोड ६१ लाख बिनियोजन गरिएको छ ।

सशर्त बजेट तर्फ १९ करोड ३० लाख रुपैयाँ बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो । गाउँसभाले नीति तथा कार्यक्रम र बजेट सँगै केही ऐन समेत पारित गरेको सामाजिक तथा संस्थागत क्षमता विकास शाखाका प्रमुख गाउँ कार्यपालिका सदस्य टिका संगम बिकले जानकारी दिनुभयो । गाउँसभाबाट बिनियोजन ऐन, आर्थिक ऐन पारित गरेको छ भने गाउँपालिका उपाध्यक्ष अर्जुन खत्रीको संयोजकत्वमा तिन सदस्यीय न्यायिक समिति गठन गरेको छ । समितिको सदस्यमा टिका संगम बिक र चित्रकुमारी थापा रहनुभएको गाउँपालिकाले जनाएको छ ।