गायक प्रकाश र गायिका सुनिताको “लुरुरु हुरुरु” लोकदोहोरी गीत सार्वजनिक (भिडियो सहित)

-- कृष्ण संयोग, बागलुङ / प्रकाशित मिति : मङ्लबार, बैशाख २४, २०७६

बागलुङ जिल्लामा धेरै चलनचल्तीमा बोलिने भाषा आईच्, गईच् लाई समावेश गरेर गायक प्रकाश सपूत तथा गायिका सुनिता अधिकारीले “लुरुरु हुरुरु” गीतको भिडियो सार्वजनिक गरेको छन् ।
भाका नेपालको प्रस्तुती रहेको गीतमा गायक सपुतको शब्द, संगीत, गायिका अधिकारी र गायक सपूतको स्वर, आशिष अविरलको संगीत संयोजन, बाबुकृष्ण, बब्लु, सुनिल र पुष्पको पनि स्वर रहेको गीतलाई राग स्टुडियोमा रेकर्डिङ गरिएको छ ।
प्रकाश भट्टको कोरिग्राफी तथा निर्देशन रहेको भिडियोमा राजेश घिमिरे छायांङकन, विष्णु शर्माको भिडियो सम्पादन, गायक÷गायिका स्वयंमको नृत्य रहेको गितलाई साईभिजन प्रा.लिले भिडियो गरेको छ ।

पुरा भिडियो हेर्नुहोस्