योगेश र सारिकाको एसेलुको पात म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

-- कृष्ण संयोग, बागलुङ / प्रकाशित मिति : मङ्लबार, बैशाख २४, २०७६

पछिल्लो क्रममा नेपाली गीत संगीतमा दर्शक, श्रोताको बढ्दो क्रेज देखिरहेको अवस्थामा बागलुङका गायक योगेश काजी बि.सी र गायिका सारिका घिमिरेले डान्सिङ मोर्डन “एसेलुको पात” बोलको भिडियो युटुवमा सार्वजनिक गरेका छन् ।
चपुर हिरोज् क्रिउ र गायक गायिका स्वयंको आकर्षक नृत्य तथा अभिनय रहेको भिडियोमा विष्णु खड्काको सम्पादन, ज्ञानेन्दू शर्मा हुमागाईको छायाँङन, विवेक मोक्तान, सुदिप राई तथा चपुर हिरोज् क्रिउको कोरियोग्राफी रहेको छ ।
राग स्टुडियोमा रेकडिङ गरिएको यो गीतमा यच बी एन किस्मतले रेकडिङ तथा मिक्सिङ गरिएको गीतमा गायक योगशकोे शब्द तथा संगीत, गायिका सारिका घिमिरे तथा गायक योगेशको स्वर रहेको भिडियोलाई एस ईन्टरटेनमेन्टको अफिसियल युटुवबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नु होस््