सेनाले कन्ट्रोल बलास्ट गर्ने

-- धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति : शुक्रबार, चैत्र १, २०७५

कालीगण्डकी करिडोर विस्तारको जिम्मेवारी लिएको नेपाली सेनाले सडक मार्गको चट्टान फुटाउँदा ‘कन्ट्रोल बलस्ट गर्ने भएको छ ।
विस्फोटक पदार्थ प्रयोग गरी चट्टान फुटाउँदा दुई सय मिटर आसपासको क्षेत्रमा असर गरे पछि बानपा–१३ तवै र पर्वत सह्रश्रधाराका स्थानीयले क्षती न्युनिकरण गर्न माग गरेका थिए ।
स्थानीयको माग अनुसार जिल्ला प्रशासन कार्यालय बागलुङमा राष्ट्रिय मानव अधिकारी आयोग, नेपाली सेना सहितको उपस्थितले बम विष्फोटन गर्नुपूर्व बागलुङ र पर्वत दुवै प्रभावित क्षेत्रमा सुरक्षाका लागि जानकारी गराउने सहमति गरेको हो ।
क्षतीलाई न्युनिकरण गर्न प्राविधिक रुपमा अझै केही विष्फोटक पदार्थ कम राखी ‘कन्ट्रोल बलास्ट’ गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।
बैठकले विष्फोटन पछि क्षतिको मूल्याङ्गकन गर्ने र सडक विस्तार आयोजनाले स्थानीय प्रशासन, स्थानीय तह, स्थानीय सरोकारवालासँग समन्वय राी संभावित क्षती न्यूनिकरण गर्ने निर्णय गरेको छ ।
सडक विस्तार क्रममा ठुला चट्टान खोली बम घुसारेर विष्फोटन गराउँदा २ सय मिटर टाढाका बस्तीहरुमा ढुंगाका टुक्राहरुले असर पु¥याएको भनी तवैका स्थानीयले जिल्ला प्रशासन र पर्वत सहश्रधाराका स्थानीयले े राष्ट्रिय मानव अधिकार आयोग असर न्यूनीकरणका गर्न माग गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकमा जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरी उपरीक्षक कृष्णहरि शर्मा पोखरेल, अर्जुनवाण गण बागलुङका सेनानी रामकुमार महत, मानव अधिकार आयोग पोखराका अधिकृत ज्योति घिमिरे, राष्ट्रिय मानव अधिकार आयोगकै टंकप्रसाद खनाल, एक श्रेष्ठ र सन्तोष बराल लगायत कुस्मा नगरपालिका सहश्रधारा पर्वतका बालकृष्ण पौडेल, रमेश पोडेल, भुवन रिजाल र तेजनाथ रिजालको सहभागीता रहेको थियो ।