भुकम्प पीडितलाई राहत कहिले ? (अडियो रिपोर्टसहित)

-- नविन शिशिर, बागलुङ / प्रकाशित मिति : बुधबार, फाल्गुन २९, २०७५

नेपालमा पछिल्लो पटक भुकम्प भएको ४ वर्ष पुग्यो । भुकम्पमा परी हजारौ नागरिकले ज्यान गुमाए, लाखौँको घरबास गुम्यो, भुकम्प लगतै सरकारले पुनःनिर्माणको लागि अन्तर्राष्ट्रिय सम्मेलन गरी भौतिक संरचना निर्माण गर्ने रकम जुटायो ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण गठन गरी पुनःनिर्माणको काम सुरु गरेको वषौँ वितिसक्दा पनि पुननिर्माणको काम सम्पन्न हुन सकेको छैन । बागलुङको तथ्याङ्गक हेर्ने हो भने बागलुङमा चार वर्षको अवधिमा जम्मा ५१९ वटा मात्रा निजी आवास पुःन निर्माणको काम सम्पन्न भएको छ । अधिकांश लाभग्राही पहिलो किस्तामा सिमित छन्, । निजी आवास पुनःनिर्माण मापदण्ड जारी हुनुपूर्व धेरै लाभग्राहीले घर निर्माण गरे पनि उनीहरु अनुदान लिनबाट वञ्चित भएका छन् ।

सहकर्मी नवीन शिशिरको रिपोर्ट अडियो