एक उदारणीय महिला, जस्ले दुनियाँको कपाल काट्छिन् !

'महिनामा ४० देखि ६० हजार रुपैयाँसम्म आम्दानी गर्ने'
-- बल बहादुर रोका, बागलुङ / प्रकाशित मिति : बुधबार, फाल्गुन २९, २०७५

कपाल काट्ने सैलुन कसले चलाउँछ वा सैलुनमा कसले कपाल काट्छ भनेर कसैलाई प्रश्न गरे सहजै उत्तर आउँछ, पुरुषले ।
तर त्यो प्रश्नको उत्तर अब गलत हुनसक्छ । बागलुुङुको ढोरपाटन नगरपालिका १ बुुर्तिबाङ बजारमा झकमाया पाइजाले सैलुन खोलेरै कपाल काट्ने व्यवसाय सुरु गरेपछि उदाहरणीय बन्नुभएको छ ।
बुुर्तिबाङ बजारको धौलागिरी चोकमा हेयर कटिङ (सैलुन) व्यवसाय सञ्चालन गर्नुभएकी झकमाया पाइजा आफ्नो व्यवसायबाट सन्तुष्ट रहेको बताउनुहुन्छ । वि.स २०६१ सालदेखि सैलुन व्यवसाय सुरुवात गर्नुभएकी पाईले भन्नुभयो “जीविकोपार्जनका लागि यो पेसा सहज छ ।
मैले सुुरु गरेको सैलुुन व्यवसायमा मेरो कुुरा काटेको थाहा पाएको छैन पाइजाले भन्नुुभयो मलाई यो व्यवसाय सञ्चालन गर्न समाजको सहयोग भएको उहाँको भनाई छ । चुलोचौको र मेलापातको काममा व्यस्त देखिने नेपाली समाजका कतिपय महिलाका लागि पाइजाले सुरु गरेको सैलुन व्यवसाय साँच्चै उदाहरणीय काम बन्न पुगेको छ ।
पुरुषले गर्ने काम महिलाले किन गर्न नहुने भन्ने प्रश्न गर्दै उहाँले हेयर कटिङको काम गर्दा रमाइलो लागेको अनुभव सुनाउनुभयो । झकमाया भन्नुुहुुन्छ ‘नराम्रा तर्क, वितर्क र खिसी गर्नेको मतलब नराखी निरन्तर अगाडि बढिरहेकी छु, धनीमानी र फुर्सदिलाहरुले छिः यस्तो के काम गरेको होला भन्दै जिस्काउँथे, खिस्सी गर्ने, होच्यिाउन खोज्थे । तर आजभोलि यसै पेसामा स्वावलम्बी भएपछि उनीहरुको बोली नै बन्द भएको छ ।’
गाउँमा साना बच्चाहरुको कपाल काट्दा–काट्दै कटाईमा उत्कृष्टता हासिल गरेकी पाईजालाई समाजका महिलाहरुले बजारे पसल खोल्नुु भनेर सुुझाव दिएका थिए । झकमायाले आफ्नो कमाईले घर खर्च चलेको उल्लेख गर्दै बुुर्तिबाङ बजारमा घडेरी समेत किन्नुभएको छ ।
आफूले महिनामा ४० देखि ६० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको उहाँको भनाई छ । पाइजाले सञ्चालन गरेको सैलुुन व्यवसायमा दिनमा १५ देखी ३० पुुरुषको कपाल काट्ने मात्र होइन , महिला लागि व्यूटी पार्लर समेत सञ्चालन गर्नुृभएको छ । मासिक ८ हजार रुपैयाँ भाडा तिरेर व्यवसाय संचालन गर्नुभएकी पाईजाले विदेशमा जानुभन्दा स्वदेशमै सीप मुलक पेशा गर्नु राम्रो हुने बताउनुभयो ।