जीप दुर्घटनामा ४ को मृत्यु, ९ घाईते

-- नवीन शिशिर / प्रकाशित मिति : बुधबार, फाल्गुन ८, २०७५

बागलुङ
बागलुङको जैमिनी नगरपालिका–८ स्थित जनकल्याण माविको ४४औँ वार्षिकोत्सव मंगलबार धुमधामका साथ मनाईयो । वार्षिकोत्सवको अवसरमा विविध प्रतियोगितात्मक तथा साँस्कृतिक कार्यक्रम संचालन भए ।
दिनभर वार्षिकोत्सवको रमाईलो र रमझममा भुलेका विद्यार्थी, अभिभावक र शिक्षक हर्षित मुद्राका साथ साँझ घर फर्किदै थिए । निकै खुःसीकासाथ घर फकिर्दै गरेका विद्यार्थीको खुःसी भने छिनभर पनि टिक्न सकेन् । विद्यालय रहेको छिस्ती साविकको–७ रापुङबाट पिकअप जीप चढेर गन्तव्य तर्फ फकिर्दै गरेका उनीहरुको खुःसी गाडी चढेको ३ मिनेटमै मृत्यु, आँसु र पीडामा बदलियो ।
रापुङबाट नेपाने, केवै हुँदै चिनारासम्म जाने विद्यार्थी, अभिभावक र शिक्षक रापुङ डाँडामा भएको दुर्घटनामा परे । ध १ ज ७९१ नम्बरको पिक अप जिप दुर्घटनामा परी छिस्ती साविको ९ की १९ की प्रियंका पुन, वर्ष ३० की तुलसी पुन श्रीस, १३ वर्षिय ज्योति पुन र वर्ष १४ की एलिना पुनको मृत्यु भएको छ । मृतक ज्योति पुन र प्रियङकाको धौलागिरी अंचल अस्पतालमा ल्याउँदै गर्दा बोटामा ज्यान भएको थियो भने तुलसी र एलिनाको घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नावय उपरीक्षक (डिएपी) चिरञ्जीवि कोईरालले जानकारी दिए । मृतक सबै केवैको रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी दुर्घटनामा ३० वर्षिय धनकला श्रीस, १६ वर्षिय विष्ना श्रीस, १३ वर्षिय संगम श्रीस, १२ वर्षिय सम्झना पुन घाईते भएका छन । उनीहरुलाई धौलागिरी अंचल अस्पताल बागलुङमा सामान्य उपचार पछि मणीपाल शिक्षण अस्पताल पोखरा रिफार गरिएको छ ।
दुर्घटनामा १५ वर्षिय तृष्ण पुन, १२ वर्षिय सविना थापा, ११ वर्षिय निर्मल पुन, १२ वर्षिय पूजा पुन, ५० वर्षि नन्दकली पुनको धौलागिरी अंचल अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएपी चिरञ्जीवि कोईरालले जानकारी दिए । जीप चालक १८ वर्षिय प्रविन पुन र जीपमा सवार १३ वर्षिय विशाल परियार सामान्य उपचार पछि डिस्चार्ज भएका छन । चालक पुन प्रहरीको नियन्त्रणमा रहेको डिएपी कोईरालले जानकारी दिए ।
ठुलो दुर्घटना पछि छिस्ती गाउँ शोकमग्न बनेको छ । जीप सडकदेखि करिव ७ सय मिटर तल खसेको थियो । जीप ओभर लोडको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको आशंका रहेको छ । चालक प्रविन सोही विद्यालयको कक्षा ९ मा अध्ययन गर्ने छात्र हुन ।
घटना लगत्तै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, प्रहरी उपरिक्षक दिपक रेग्मी र धौलागिरी अञ्चल अस्पतालका निमित्त प्रमुख शैलेन्द्र बि पोखरेल नेतृत्वको स्वास्थ्यकर्मीको टोली समेत उद्धार र उपचारका लागि घटनास्थल पुग्नुभएको थियो । स्थानीयवासी, जनप्रतिनिधि र सुरक्षा निकायको सहयोगमा उद्धार गरिएको थियो ।