शिवरात्री पर्वमा राष्ट्रिय खुल्ला लोकभजन प्रतियोगिता हुुने

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : मङ्लबार, फाल्गुन ७, २०७५

धार्मिक पर्यटन विकासको लागि बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँमा रामकोटमा राष्ट्रिय भजन प्रतियोगीता आयोजना गरिएको छ ।
बिहुँकोट खेलकुुद तथा समाज विकास केन्द्रले शिवरात्रीको अवसर पारेर राष्ट्रिय खुुल्ला लोकभजन प्रतियोगिता हुुने आयोजना गरेको हो ।
प्रशिद्ध धार्मिक स्थल त्रिपुरेश्वर मन्दिरको प्रसार प्रसार गर्नुका साथै आन्तरिक पर्यटन प्रवद्र्धनको लागि प्रतियोगीता आयोजना गरेको खुलकुद तथा समज विकास केन्द्रका अध्यक्ष कृष्णप्रसाद कँडेलले जानकारी दिनुभयो ।
महाशिवरात्रीको अवसरमा आयोजित प्रतियोगीता फागुन १९ गतेदेखि संचालन हुने छ । सात प्रदेशका एक एक टोली सहित कुल २१ समूहको सहभागीता रहने भजन प्रतियोगीतामा विजय हुने समूहलाई क्रमश नगद ५० हजार, ३० हजार, २० र १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने मंगलबार बागलुङ बजारमा पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष शिवप्रसाद कडेलले बढ्दो पश्चिमा सस्कृतिको न्युनिकरण गर्दै काठेखोलाको पर्यटन विकासको लागि प्रतियोगीता आयोजना गरेको बताउनुभयो । ग्रामीण क्षेत्रको धार्मिक स्थलहरुलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न पनि प्रतियोगीताले टेवा पु¥याउने उहाँको विश्वास छ ।
प्रतियोगीता संचालनको लागि ५ लाख रुपैयाँ खर्च हुुने अनुुमान गरिएको छ । प्रतियोगीताबाट बचत हुने रकम कुकुर विसाउनमा रहेको अलपत्र परेको खेलकुुद मैदानको निर्माणमा लगानी गर्ने बताइएको छ ।
फागुुन १९ गते मोटरसाइकल ¥याली र फागुुन २० गते शिवरात्रीको दिन मुुल समारोह गर्ने बताइएको छ । कार्यक्रम काठेखोला गाउँपालिका –५ का वडा अध्यक्ष शिवप्रसाद कडेलको अध्यक्षता र विहुुकोट खेलकुुद तथा समाज विकास केन्द्रका सचिव सन्तोष पुुनको सञ्चालनमा सम्पन्न भएको थियो ।