ट्याक्टर दुर्घटना हुँदा पर्वतमा एकको मुत्यु

-- धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति : मङ्लबार, फाल्गुन ७, २०७५

पर्वतको विहादी गाउँपालिका–५ उरामपोखरीमा मंगलबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन् ।
ध १ च ३१५ नम्बरको ट्याक्टर उरामको हाडिखर्कमा दुर्घटना हुँदा पर्वत उरामका ट्याक्टर धनी पदम नेपालीको मृत्यु भएको हो । ट्याक्टर चालक विक्कु केसी घाईते भएका छन ।
चालक सकुशल रहेको प्रहरीले बताएको छ । घाईते केसीलाई उपचारको लागि पाल्पाको प्रभास अस्पतालमा लगिएको वडाध्यक्ष श्याम केसीले जानकारी दिनुभयो ।
ट्याक्टर रोकी राखेको जमिनको छेउभाग भासिदा दुर्घटना भएको स्थानीयले बताएका छन् ।