१५ सय भाडामा सुविधा सम्पन्न रात्री बस सञ्चालन

-- बल बहादुर रोका, बागलुङ / प्रकाशित मिति : शनिबार, फाल्गुन ४, २०७५

पोखरामा रहेको पोखरा जगदम्बा ट्राभल्स प्रालिले शनिवारदेखि बागलुङ बजारबाट सुविधा सम्पन्न रात्री बस सेवा सुभारम्भ गरेको छ ।
बागलुङदेखि काठमाण्डौका लागि प्रत्यक दिन साँझ छुट्ने गरी नयाँ बस सेवा सञ्चालनमा आएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
धौलागिरी बस व्यवसायी समिति सँगको सहकार्यमा सुविधा सम्पन्न बस सेवा सञ्चालनमा ल्याईएको कम्पनीका अध्यक्ष केशव प्रसाद अधिकारीले बताउनुभयो ।

सम्बन्धित छवि
बस भाडा नेपाल सरकारद्धारा निर्धारण गरे बमोजिनै भए पछि अतिरिक्त सेवा सोफा सिट चार्ज २२०, चिया कफी २ पटक एक सय , हाई टि एक सय, मनोरञ्जन ५०, वाईफाई ५०, कोल्डड्रिस २ पटकको ५० रुपैया कायम गरि काठमान्डौ सम्मको बस भाडा १५ सय रुपैयाँ कायम गरिएको पोखरा जगदम्वा ट्राभल्स प्रा.लीका अध्यक्ष अधिकारीले जानकारी दिनुुभयो ।
कार्यक्रममा धौलागिरी बस व्यवसायी समितिका अध्यक्ष उमेश के.सीको अध्यक्षता र पोखरा जगदम्वा टाभल्सका अधिकृत सन्तोष कोइरालाको सञ्चालनमा सम्पन्न भएको थियो ।