नेकपा रुपान्तरण नभए पतन हुन्छः डा भट्टराई

‘माक्सवादको राजनीतिक ऐजेन्डा पुरा भयो अव नयाँ विचारको आवश्यकता छ’
-- नविन शिशिर, बागलुङ / प्रकाशित मिति : शनिबार, फाल्गुन ४, २०७५

नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) आगमी पाँच/दश भित्रमा रुपान्तरण नभए पतन हुने दावी गर्नुभएको छ ।
‘जनसंवाद यात्रा’ को क्रममा शनिबार बागलुङमा भएको कार्यक्रममा बोल्दै उहाँले नेकपा समाजवादी पार्टीमा रुपान्तरण नभए विश्वका अन्य कम्युनिष्ट पार्टीको हालत हुने चेतावनी दिनुभएको थियो ।
……………………………………..आवाज…………………..

१९औँ शताब्दीको माक्सर्वादले २१औँ शताब्दीको समाज व्याख्या गर्न नसक्ने जिकिर गर्दै उहाँले आर्थिक समृद्धि र विकासको नारा सहित नयाँ शक्ति पार्टीको स्थापना गरेको बताउनुभयो ।
……………………………………..आवाज…………………..

‘माक्सवादको राजनीतिक ऐजेन्डा पुरा भयो अव नयाँ विचारको आवश्यकता छ’ उहाँले भन्नुभयो– कम्युनिष्ट झण्डामुनी विदेशी लगानी भित्र्याउन र निजी क्षेत्रलाई आकर्षण गर्न सकिदैन समाजवादको लागि नेकपा रुपान्तरण हुनु अनिवार्य छ ।
‘तत्कालिन माओवादीसँग संविधान निर्माण पछि के गर्ने एजेन्डा भएन पूर्वप्रधानमन्त्री समेत रहनुभएका डा भट्टराईले भन्नुभयो–‘ विकास र समृद्धिको दौडमा नयाँ जन्मिएको हो ।’ डा. भट्टराईले मुलुकको समृद्धिसँग अभियान जोडिएको र साझा अभियानका रुपमा यसको जनसंवादको शुभारम्भ गरिएको बताउनुभयो ।
आफुले मध्यपहाडी लोकमार्ग आसपासको अवस्था र बिकासलाई बुझेर प्रतिवेदन तयार गर्न अभियान चलाएको भन्दै उनले विकासको खाका सहितको प्रतिवेदन तयार गरी संसादमा पेश गर्ने जानकारी दिनुभयो । भ्रष्टाचारबाट कोहीपनि मुक्त नभएको भन्दै भट्टराईले देशको भ्रष्टचार रोक्न लोकपालको व्यवस्था हुनुपर्ने माग गर्नुभएको थियो । अख्तियार जस्ता नियमनकारी निकायमामानै चरम भ्रष्टाचार रहेकाले नयाँ व्यवस्थाको खोजी अपरिहार्य रहेको उहाँको तर्क थियो ।
पाँचथरको चिवाभञ्ज्याङबाट जनसंवाद यात्राको सुरुवात भएको थियो । मध्यपहाडी लोकमार्गले मेचीदेखि महाकालीसम्मको भूगोललाई मात्र नभई हरेक जातजाति र समुदायलाई समेत जोडेकाले यही लोकमार्ग भएर सञ्चालन हुने यात्रामार्फत् समृद्धिको सूत्र तयार हुने उहाँको दावी थियो ।
पूर्वको चिवाभञ्ज्याङदेखि शुरु भएको यात्रा सुदूरपश्चिम प्रदेशको बैतडीस्थित झुलाघाट नाकामा पुगेर सम्पन्न हुनेछ । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने विभिन्न पर्यटकीय तथा व्यापारिक क्षेत्रका नागरिक, जनप्रतिनिधिलगायतसँग छलफल र अन्तक्र्रिया गरिनेछ भने २७ जिल्लाका करीब ९० स्थानमा कार्यक्रम गरिने जनाइएको छ । जनसंवाद यात्रामा संयोजक भट्टराईका साथ पार्टीकी नेतृ हिसिला यमी तथा अन्य नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा नयाँ शक्ति पार्टीका हेडक्वाटर सदस्य नवराज सुवेदी, गण्डकी प्रदेश संयोजक देवी सुवेदी र कमला गुरुङ्गले बोल्नुभएको थियो । कार्यक्रमको संचालन कृष्ण सापकोटाले गर्नुभएको थियो ।