बिहुँमा स्वास्थ्य शिविर सम्पन्न

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३, २०७५

बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँमा सम्पन्न स्वास्थ्य शिविरबाट एक हजार ७ सय जना लाभाम्वित भएका छन ।
निस्शुल्क स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नसा रोगका ३१० जना, पेट छाति मुटुरोगका ३ सय, महिला रोगका २१०, दाँत रोगका २१०, भिडियो एक्सरे २४०, जना सुगर रोग सम्वन्धी २५० जना र बाल रोगका १७० जनाले स्वास्थ परीक्षण गराएका छन् ।
शिविरमा अधिकास विरामीहरु बाथ युरिकएसिड नसा खुम्चिएको ढाड दुख्ने नशा झमझाउने ,महिला संम्बन्धि सेतोपानि बग्ने योनि चिलाउने,पाठेघर दुख्ने ,तल्लो पेट दुख्ने कट्टि कम्बर खाने लगाएत समस्याहरु देखिएको महिला विशेषज्ञ डा सरोज अधिकारीले बताउनुभयो ।
जापान समाज बिहुँकोटकले आयोजना गरेको विहुँकोट समाज जापान केन्द्रीय कार्यालय टोकियो र शाखा कार्यालय कान्साई क्षेत्रको आर्थिक सहयोग, साहारा अस्पताल पोखरा, आम डेन्टल होम बागलुङको प्राविधिक सहयोगमा सो शिविर सम्पन्न भएको स्थानीय भरत सापकोटाले जानकारी दिनुभयो ।